खोला कब्जा गरेर सुकुटे विच चलाउने महेन्द्रलाई कारबाही गर्न सिफारिस

काठमाडौं । वन तथा भूसंरक्षण विभागले सिन्धुपाल्चोकको सुनकोसी किनारमा संचालित सुकुट विच नामक रिसोर्टले वन र बगर अतिक्रमण गरेको विषयमा छानबीन थालेको छ ।

विभागले प्रदेश वन निर्देशनालय बाग्मती प्रदेश हेटौंडालाई पत्राचार गरि कारबाही प्रक्रिया अघि बढाएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ कदम्बासमा संचालित सुकुटे विच रिसोर्टले वन र बगरगरि ३३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमण गरेको भन्दै दियोपोस्ट डटकमसहित संचार माध्यमले खबर प्रकाशन गरेका थिए । सोही खबरका आधारमा विभागले छानबीन अघि बढाएको हो । गत जेठ १७ गते विभागले पत्राचार गरेको पत्र भेटिएको छ ।

व्यावसायी महेन्द्र थापाले शक्तिको आडमा खोला र बन अतिक्रमण गरेर रिसोर्ट चलाएको विषयमा सबै निकायलाई थाहा भएपनि कुनै कारबाही भएको छैन ।

विभागका महानिर्देशक दिनेशमणी त्रिपाठीद्वारा हस्ताक्षेरित पत्रमा स्थलगत निरिक्षण गरि कारबाही गर्न र कारबाही गरेको जानकारी विभागलाई दिन समेत कडा निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र