यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण  भ्रमण तालिका

जेष्ठ १७,sharethis sharing buttonकाठमाडौं । । प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत साढे १ बजे दिल्ली उड्ने कार्यक्रम तय भएको छ । संसद्लाई जानकारी दिँदै प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सम्बन्धका विविध पाटा, आपसी सम्बन्ध, पारवहन, व्यापार, लगानी, ऊर्जा व्यापारसहितका विषय प्रमुख एजेन्डा रहेको बताएका छन् ।प्रधानमन्त्रीले नेपालको हितमा हुने गरी भारतीय लगानी भित्र्याउने र बंगलादेशसम्म विद्युत् निर्यातबारे कुरा हुने बताएका छन् ।‘भारतीय प्रधानमन्त्रीसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुनेछ । व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार, प्रसारण लाइन, कृषि, हवाई मार्ग, पुल निर्माण, एकीकृत जाँचचौकी जस्ता विषयमा छलफल हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘जलविद्युत् अर्को महत्त्वपूर्ण विषय हो । नेपालको हित हुने गरी भारतीय लगानी भित्र्याउने र भारतको भूमि हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्नेबारे ठोस कुरा हुनेछ ।’यस्तो छ भ्रमण तालिका

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। भारतको विदेश मन्त्रालयले आजदेखि हुने प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको हो।भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो २:५० मिनेट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नेछन्। सो दिन अन्य केही तालिका नरहे पनि परराष्ट्र मन्त्रालयका अनुसार बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा प्रधानमन्त्री सरिक हुनेछन्।बिहीबार बिहान १०स्३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ। सो समयमा उनी राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै उनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।बिहान ११ बजे हाइदरावादहाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ। त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्ड भारतीय उपराष्ट्रपतिलाई भेट्नेछन्।त्यसको भोलिपल्ट शुक्रबार उनी ४ः३५ मा राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सरिक हुनेछन्। त्यसपछि उनी दिल्ली हुँदै ४ः२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न