
जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान नक्कली भएको बताएका छन् । नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाललाई जर्वजस्ती नक्कली बयान गर्न लगाएर गठे सरकारका तालुकदारहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव लगायतकाहरुको नाम पोलेर सत्तास्वार्थका लागि लज्जास्पद नौटंकी गरेको बताएका छन्।
एमाले महासचिब पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् “काक्राचोरले काक्रा आफुले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएकोछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान ।” यो अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि मुछिएको छ । पुर्वगृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईले भने हिरासतमा रहेका शरणार्थी प्रकरणका मुख्य योजनाकार केशब दुलालले अख्तियार प्रमुख प्रेम कुमार राई लगायत बिशिष्ट व्यक्तिहरुमाथि कुनियतका साथ आरोप लगाईएको हो, उहाँहरुको यि योजनाकारहरुसँग कुनै पनि प्रकारको भेट, छलफल तथा संलग्नता भएको भन्ने कुरामा सत्यता छैन भनेर बयान दिएको पाईएको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री