शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि गएको छैन: इन्द्रजित राई

“शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि नगएको हुँदा उक्त आरोप प्रेम राई तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको नाम मुछेर उनीहरूलाई व्यर्थमा बदनाम गर्ने कु लक्षित प्रयास हो”
जेष्ठ  १०,काठमाडौँ  । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी प्रकरणमा आफूले रकम बुझे नबुझेको बारे बैंकमै बुझ्न भनेका छन्। हिरासतमा रहेका उनले प्रहरीलाई दिएको बयानमा बिचौलियासँग गृहमन्त्रालयमै भेट भएको भने स्वीकारेका छन्। उनले सानु भण्डारी गृहमन्त्रालयमा एकदुई पटक आएको र एकपटक आउँदा केशव दुलाल पनि सँगै आएको बयान दिएका छन्।

यस्तो छ उनको बयान

प्रतिवादी सानु भण्डारी कार्यालयमा १/२ पटक आउनु भएको थियो। उहाँसँग १ पटक एउटा व्यक्ति केशव दुलाल पनि आउनु भएको थियो। निजहरूको विषय भुटानी शरणार्थी सम्बन्धमा मसँग एक दुई पटक टेलिफोनद्वारा मलाई सोध्नु हुन्थ्यो। मैले उहाँहरूलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ। सानु भण्डारीबाहेक अरु कसैलाई म चिन्दिन। म गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरूसँग विभिन्न विषयहरूमा कुराकानी हुन्थ्यो। त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोज्नु भएको थियो।

मैले केही थाहा नभएको र यस विषयमा मैले केही सूचना दिएको छैन। तत्पश्चात निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुन सक्छ। कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन। केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन। म तत्कालीन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिनापछि लगभग २०७६ असारदेखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेलसम्म कार्यरत रहेको हुँ।

सो अवस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रुपमा कार्यरत रहेको हुँदा सोही अनुसारको सेवा सुविधा समेत राज्यबाट पाएको थिएँ। मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न भिन्न चालक, पिए र कार्यालय सहयोगी एवम पीएसओहरू कार्यरत रहे। निजहरूको सबैको नाम मलाई याद भएन। धेरै समय काम गरेका व्यक्तिहरू मध्ये पीएसओमा मगर थरका सई थिए। ड्राइभरमा सहायक हवल्दार डोलराज पाण्डे थिए। पिएमा रोमा पाण्डे हुन्। अन्यको नाम थाहा भएन।

सम्पूर्ण आरोप सबै शत प्रतिशत असत्य हो। निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा सजायको भागिदार हुने छु। यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो तर समिति गठन भएको १ दिनपछि मैले यो समितिको बारेमा जानकारी प्राप्त गरेँ। सो समयमा म सल्लाहकारको रुपमा कार्यरत भएकोले मेरो हस्ताक्षर मन्त्रालयको आधिकारीक नहुने कारणले मलाई यो जानकारी पछि प्राप्त भयो। सबै मनगढन्ते कुरा हो। थापाथलीको आँगन होटलमा मेरो र सानु भण्डारीसँग कहिलै पनि भेट भएको छैन।

मेरो जानकारी अनुसार कुनै पनि व्यक्ति शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि नगएको हुँदा उक्त आरोप प्रेम राई तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको नाम मुछेर उनीहरूलाई व्यर्थमा बदनाम गर्ने कु लक्षित प्रयास हो। उक्त घर मेरो श्रीमती भुवनदेवी राईको नाममा मेघा बैंक त्रिपुरेश्वरबाट ऋण लिई खरिद गरेको हो। उक्त घर सुमिता केसीबाट विगत २ वर्ष अगाडितिर खरिद गरेको हुँ, खरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ। मैले उक्त घर खरिद गर्दाको अवस्थामा घर धनीलाई नै रकम दिएको भन्ने कुरा झुठ्ठा हो।

आरोपितले लगाएको सबैमाथिको आरोपहरू जस्तै तथ्यहिन र प्रमाणविहीन आरोपहरू हुन्, यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरू हो र उसैको डायरीमा पाईएको कुराहरू हो। जसको सत्यता माथि सिधा प्रश्न उठ्छ र यो मनगढन्ते, कपोकल्पित आरोप हो। आरोप प्रमाणित भएमा सजायको भागिदार हुने छु। काल्पनिक ब्यहोरा मैले दिएको भनेर ममाथि आरोप गलत हो, मैले उपरोक्त सबै आरोपित बुँदाहरूको जवाफ माथि उल्लेखित मेरो जवाफमा दिएकै अनुसार सत्य हो। जहाँ मूल्य रु १,५०,००,०००। (एक करोड पचास लाख) र रु २,००,००,०००। (दुई करोड) गरी जम्मा रु ३,५०,००,०००। (तीन कारोड पचास लाख) सवाल छ, बैंकमा साटिएको छ/छैन सम्बन्धित बैंकबाट जानकारी लिन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक, पूर्वसचिव विष्ट सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष नियुक्त

काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज

 आज सार्वजनिक हुँदैछ एसइईको नतिजा : यसरी हेर्न सकिन्छ

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई