२७ बैशाख, सुर्खेत औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको आधारभूत आवश्यकता, अधिकार र प्रतिनिधित्व सुनिश्चितताको नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) महिला नगर कमिटी वीरेन्द्रनगरले बुधबार वीरेन्द्रनगर नगरपालिकामा मागपत्र पेश गरेको छ । नेपालको टे«ड युनियन आन्दोलनमा महिला सहभागिताको उल्लेख्य योगदान रहेको र वीरेन्द्रनगर क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको साझा समस्या समाधानका लागि नगर प्रमुख मोहनमाया ढकाललाई जिफन्ट प्रदेश कमिटी सचिव श्रीपाल सारु मगरको नेतृत्व टीमबाट नगर अध्यक्ष विना कुमारी हमालले उक्त मागपत्र बुझाउनु भएको हो ।
महिला श्रमिकहरुको सीप, क्षमता अभिबृद्धि र नेतृत्वको विकासका कार्यक्रमहरु समावेश गरी कार्यान्वयनमा ल्याउन ध्यानकर्षण गराउँदै अध्यक्ष हमालले पाँच बुँदे मागपत्र नगर प्रमुख हमाललाई बुझाउनुभयो । महिला स्वरोजगार श्रमिकहरुको अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेकोले श्रमिक महिलाका अधिकारमुखी कार्यक्रमहरु आगामी योजनामा समावेश गर्नुपर्ने, श्रमिक महिला आचारसंहिता र अधिकारको कानुनी प्रावधान निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्ने मागपत्रमा उल्लेख छन् । हरेक काममा महिलाको सहभागिता हुन्छ, आवश्यक पनि छ तर कार्यस्थलमा महिला श्रमिकमाथि हुने श्रम शोषण, ज्याला विभेद र शारिरीक तथा मानसिक हिंसा न्यूनिकरणमा स्थानीय न्यायपालिकाले कुनै ध्यान नदिएकोले सो सम्बन्धी कानुनी प्रावधान कडाईका साथ कार्यान्वयन गर्न मागपत्रमा समावेश छ । मागपत्र बुझ्दै नगर प्रमुख ढकालले आ.व. ०८०।०८१ मा नगरको नीति तथा कार्यक्रममा श्रमको सम्मान र न्यायोचित ज्यालालाई नगरक्षेत्रभित्र कार्यस्थलमा मर्यादित बनाउन बहस, छलफल गरी कार्यान्वयनमा ल्याउन पहल गरिने प्रतिवद्धता जनाउनु भएको थियो । सोही अवसरमा जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम् सेवी संघ (नेभा) प्रदेश कमिटीले नगर प्रमुख ढकाललाई नेभा के.स. भिमु रिजालले नगरका १६ वडामा कार्यरत १७८ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेवीहरुले भोग्दै आएको समस्याहरुको आगामी वर्षमा समाधानका लागि ५ बुँदे ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो ।
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी