April 25, 2023

सिन्धुज्वाला हाईड्रोमा चुर्न प्रसादको ब्रम्हलुट सेयर सदस्यको पैसा पारिवारिक व्यवसायमा लगानी

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला हाईड्रोपावरले देशभरका १,८३२ जना सेयर सदस्यबाट संकलन गरिएको ५४ करोड रुपैयाँ पैसामा ब्रम्हलुट मच्चाएको छ।

सेयर सदस्यहरुबाट जम्मा गरिएको रकमले पुर्व संचालक चुर्नप्रसाद श्रेष्ठले बनेपामा पेट्रोल पम्प,छोराको नाममा होटल र छोरीको नाममा रक्सी होलसेलमा लगानी गरेका छन् ।

सेयर सदस्यहरू बाट संकलित ५४ करोड रुपैयाँ सिध्याउंदा प्रिफ्याब भवन तथा मेसिनरी वाल निर्माणको लागि जिम्मेवारी दिएको मोक्तान कन्ट्रक्सन लाई १७ लाख रुपैयाँ काम सकाएको ५  बर्ससम्म भुक्तानी दिएको छैन । मोक्तान कन्ट्रक्सनले पाउनुपर्ने उक्त रकम समेत पुर्व संचालक चुर्न प्रसाद श्रेष्ठले फर्जी बिल बनाएर भुक्तानी लगेको हाइड्रोका वर्तमान चियरम्यान अर्जुनबन्धु रेग्मिले बताए । त्यस्तै सेयर सदस्यबाट उठेको ५४ करोड रुपैयाँ समेत चुर्न प्रासादले व्यक्तिगत व्यवसायमा लगानी गरेको रेग्मिले बताए ।

बैंकिङ कसुर तथा ठगी मुद्दा लगाएतले कालो सुचिमा परेका चुर्न प्रसादले केही भाडाका गुन्डाहरु प्रयोग गरेर छोरालाई चियरम्यान र छोरीलाई डाइरेक्टर बनाएर हाइड्रोपावरमा बांकी रहेको सम्पत्ति  लुट्ने तयारीमा रहेको पीडित सेयर सदस्यहरुले बताएका छन् ।

हाईड्रोपावरले प्रत्येक सेयर सदस्यहरुबाट जनही १ लाख देखि १० लाख सम्म रकम संकलन गरेको थियो। २०६५ सालदेखि हाईड्रोपावरले नाफा दिन्छ भनेर सेयर सदस्यहरुलाई ढांटेर करोडौं रुपैयाँ संकलन गरेर १९ बर्ससम्म काम सुचारु नगर्दा पनि सरकारले सिन्धुज्वाला हाईड्रोपावरलाई कुनै कार्वाही गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले