राष्ट्रवादी केन्द्र नेपालद्धारा वैशाख ११ गतेदेखि शान्तिपूर्ण आम हड्तालको घोषणा

४ वैशाख,काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले वर्तमान लुटतान्त्रिक व्यवस्थाको विरुद्ध शान्तिपूर्ण आम हड्तालको घोषणा गरेको छ। आज संवाद डवली अनामनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत केन्द्रले यहि वैशाख ११ गतेबाट शान्तिपूर्ण आम हड्ताल (भद्र अवज्ञा आन्दोलन) घोषणा गरेको हो ।

“आर्थिक संकट,युवा पलायन,महङ्गी र भ्रष्टाचारले राष्ट्रनै असफल बन्दै गइरहेको सम्बन्धम गत २०७९ असोज ७ गते नेपाल सरकारलाई उद्योगि,व्यवसायी र नेपाली जनताका समस्या समाधान गर्न ध्यानाकर्षण गराउंदा पनि कुनै सुनुवाइ नहुदा पुनः २०८० साल वैशाख १० गतेभित्र उल्लेखित मागहरु सरकारले सम्बोधन नगरे वैशाख ११ गतेबाट यो लुटतान्तृक व्यवस्थाका विरुद्ध शान्तिपूर्ण आम हड्ताल (भद्र अवज्ञा आन्दोलन) मा उत्रिन  बाध्य हुने राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।”

आन्दोलनलाई सफल बनाउन यातायात, उद्योगि, व्यवसायी शैक्षिक संघसंस्था, वित्तीय संस्था, धर्म-संस्कृति प्रेमी, श्रमिक, विद्यार्थी, किसान, पत्रकार लगाएत आम नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता सहित सहभागी हुन अध्यक्ष थापाले आग्रह गरेका छन् ।

शान्तिपूर्णरुपमा हुने आम हड्ताल काठमाडौंको कोटेश्वर, चाबहिल,गोंगबु, कलंकी, ग्वार्को, बागबजार,र कालीमाटीमा विहान ११ बजे देखि र्‍यालीसहित आम सुरूहुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले