प्रदेश संरचना आबश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न :- कमल थापा  

३ वैशाख,काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रुपमा धरासायी हुने तर्फ गैरहेको तर सत्तासिन दलहरु यसतर्फ उदासिन भएको आरोप लगाएका छन् ।
गम्भीर रुपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आबश्यक नभएको उनको जिकिर छ ।
थापाले भने :-  “मुलुकलाई बिदेशीले ऋण पनि नपत्याउने स्थिती छ ,तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुदैन, खारेज गर्नुपर्छ” । मुलुकमा सबै क्षेत्रमा बेथिति र बिसङ्गती हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गयर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रबादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए । राप्रपा नेपालले अंगिकार गरेको बैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधिनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे ।
पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आबश्यकता भएकोले उच्च मनोबल सहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरुले जिल्लाको  बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण