चितवन – २ मा रवि लामिछानेले जिते पुन: उपनिर्वाचन हुन्छ – योगेश भट्टराई

३ वैशाख,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने बताएका छन् ।

गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई नै ढाँटेको आरोप लगाए ।

चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन पुगेका उनले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन। रविले कानून उल्लङ्घन गरेकोले पुन उपनिर्वाचन गर्नुपरेको हो ।’

गएको मंसिरमा भएको आम निर्वाचनमा चितवन – २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता विवादपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र