अडिओ प्रकरणको संसदीय समिति बनाएर छानबिन गर् : सांसद् धनराज गुरूङ

चैत्र २७, काठमाण्डौं ।सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढककुमार श्रेष्ठको अडिओ प्रकरणको छानबिन गर्न संसद्मा माग गरेका छन्। उनले आइतबार सार्वजनिक भएको सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियोको विषयमा छानबिन गर्न संसदीय समिति नै बनाउन माग गरेका छन्।

‘प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ। त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ ? सभामुख महोदय, अनि सुन्छु मैले( दुधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दैछु। यो भन्दा बिडम्बना के हुनसक्छर ?,’ उनले भने।

अडिओमा भनिएको कोर टिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानबिन हुनुपर्ने उनले बताए। उक्त छानबिनका लागि आजै समिति बनाउन उनले माग गरेका हुन्।

‘त्यसकारण म निवेदन गर्न चाहान्छु। त्यो वार्तामा भनिएको छ कोर टिममा बुझाउनुपर्छ। कोर टिम भनेको को हो ?त्यसको पनि छानबिन गर्नुपर्दैन ? ,’ उनले भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा भ्रष्टाचारका सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्न हुँदैन। आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नको लागि माग गर्छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल