सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : ज्ञानेन्द्र शाह

२१ चैत,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहको नागरिक अभिननन्द गरिएको छ । सुनसरीको इनरुवामा शाहको नागरिक अभिनन्दन गरिएको हो । पछिल्लो केही दिनयता शाह झापाको दमकमा बस्दै आएका छन् । नागरिक अभिनन्दनका लागि शाह सोमबार दिउँसो इनरुवा पुगेका थिए ।

इनरुवाको खेल मैदानमा शाहको नागरिक अभिनन्दन कार्यक्रममा सर्वसाधारणको भिड लागेको थियो । उनको अभिनन्दनका लागि केशरबहादुर विष्टको संयोजकत्वमा १ हजार १ सदस्यीय समिति मार्फत तयारी गरिएको थियो ।

अभिनन्दनपछि पूर्वराजा शाहले राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु पर्ने बताए । व्यक्ति, परिवार, समूह, दल वा गुटमा अल्झिएर नभई सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नु पर्ने बताए ।

‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ,’ उनले भने,‘ परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण