
१८ चैत,हुम्ला । हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।
जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परीक्षा दिएका हुन् ।
पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिए ।
त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए । त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उहाँका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा