
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
पुनर्गठित मन्त्रीपरिषदमा नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री , प्रकाशशरण महत अर्थ मन्त्री , रमेश रिजाल उद्योग मन्त्री र सीगा गुरुङ शहरी विकास मन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् भने जनता समाजवादी पार्टीबाट अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छन् । यस्तै नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका छन् । जनमत पार्टीका अब्दुल खान-खानेपानी तथा सरसफाइ मन्त्रीमा यथावत रहेका छन् ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण