
१०चैत,धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आन्दोलन जारी राखेकै बेला ७ राजनीतिक दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै मेयरको कदमको विरोध जनाएका छन् ।
दलहरुले मेयरको निजी सचिवालयमा कार्यरत सर्दुशन लिम्बुमार्फत वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची माग गरेको विषयमा कार्यपालिका बैठकमा छलफल भएको बिषयलाई लिएर वडा १० का अध्यक्षलाई स्पष्टीकरण सोधेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले गरेको पत्रकार सम्मेलनप्रति ध्यानाकर्षण भएको जनाएका छन् । यस्तै सिफारिश पत्र लिन जाँदा वडा ११ का सन्तोष लिम्बुलाई पक्राउ गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले