जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न दुर्गा प्रसाईको चेतावनी

८ चैत,मोरङ । जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले चेतावनी दिएका छन ।

बुधबार बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोझासिधा जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्तहरु सबै पार्टीका नेताहरुले उत्पादन गरेको बताए । हरेक घरमा झगडा,कलह र ड्रिप्रेशनको शिकार बनेका नेपाली जनताहरु पार्टीका नेताबाट आर्जित भएको समेत उनले बताए ।

ऋण र्तिन नसकेर १५ सय बढीले आत्महत्या गरेको,सयौ घरवारबिहिन भएको तथा हजारौ बिदेश पलायन भएको भन्दै उनले सरकार निकम्मा रहको आरोप लगाए । लिएको ऋण तिर्ने तर चर्को ब्याज आतंक बन्द गर्नुपर्ने उनले बताए । जनताको पक्षमा नबोल्ने र केही काम नगर्ने हो भने बरु सरकार चलाउन नसके सरकार छोड्न समेत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई सुझाब दिए । ऋण तिर्न नसकेर सुसाईड नोट लेखेर आत्महत्या गर्नेको संख्या बढेको र त्यो कुरा बाहिर आउने डरले सुसाईड नोट प्रहरीले कब्जा गरेर राखेको समेत उनले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले