चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन राप्रपा नेपालको माग

६ चैत,काठमाडौं । राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समितिको आज काठमाडौंमा बसेको बैठकले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुबित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभाबकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साना किसान र साना ब्यबसायीहरुको दुराबस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ । महङ्गी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभाबकारी कदम चाल्न तथा पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसङ्ग माग गरेको छ ।

बैठकले संगठन बिस्तारका क्रममा काठमाण्डौ उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने,प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने,अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन  गर्ने कार्य योजना पारित गरेको छ ।
साथै जिल्लागत जिम्मेवारी दिई ६ वटा बिभिन्न टोली बनाएर जिल्ला  पठाउने निर्णय पनि गरेको छ ।  नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना,सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङ लगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोलि जिल्लामा खटिने समेत निर्णय भएको छ ।
साथै चैत्र महिना भित्र प्रदेश स्तरिय  प्रशिक्षण,बैशाख महिना भित्र जिल्ला स्तरिय प्रशिक्षण संचालन हुनेछ भने उपत्यका भित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरिय प्रशिक्षण मंसिर महिना भित्र सम्पन्न गरिने निर्णय गरेको छ ।
साथै आर्थिक विभाग,कानुन बिभाग र नीति तथा अनुसन्धान बिभागको कार्यक्रम पास गरेको छ । बैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पौष महिना भित्र जनबर्गिय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले