दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आज काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसको सभाहलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले म्यूजिक खबरको दश वर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्यूजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले दश वर्षे यात्रामा भोगिएको आरोह अवरोह विर्संदै कलाकारको सम्मान र प्रोत्साहनमा समर्पित गर्ने अवसर मिलेकोमा म्यूजिक खबर परिवारले गर्व महसुस गरेको बताएका थिए । उनले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको बताउँदै अवार्डको गरिमालाई सदैव कायम राख्दै अगाडि बढ्न म्यूजिक खबर कलाकारसँग हातेमालो गरिरहने बताए ।

अवार्ड कार्यक्रममा गायक शिव परियार, युवराज चौलागाई, प्रकाश तिमिल्सिना, सरोज कोइराला, मौसम गुरुङ, रञ्जित परियार, बालकुमार श्रेष्ठ, बादल घिमिरे, ईश्वर सिंह, गायिका कालिका रोका, अन्जु श्रेष्ठ, ऋतु कँडेल, संगीतकार दिपकराज विश्वकर्मा, अनिर मास्के, योगेश काजी शाह, चिरञ्जीवी भण्डारी, मोडल समिक्षा क्षेत्री, जीबी चिरन, रमेश थापा, निक्स शर्मा, अनु पराजुली, रविना भण्डारी लगायतका दर्जनौं स्रष्टा, कलाकार, प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

म्यूजिक खबर म्यूजिक अवार्डका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको अवार्डको यस कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, महासचिव शिव राई, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, महासचिव अमृत खाती, गोरखा सांस्कृतिक समाजका महासचिव रविन लामिछानेको उपस्तिथि रहेको थियो ।

यसैगरी कार्यक्रमका सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ गायक प्रेमराजा महत, संगीतकार गणेश पराजुली, संगीतकार सन्तोष श्रेष्ठलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सरोज कोइरालाले संचालन गरेका थिए । कार्यक्रममा गायिका मन्जु पौडेलले गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका संचारकर्मी, साहित्यकार, कलाकारलाई पनि सम्मान गरिएको थियो । म्यूजिकखबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्यूजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्यूजिक खबर विशेष पत्रकारिता सम्मान नेमिष गौतम र राजु बोहरा, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ । म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई सम्मान गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण  भ्रमण तालिका

जेष्ठ १७,काठमाडौं । । प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् ।

आज नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, जेठ १६ गते । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली  भुटानी

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

प्रधानमन्त्री प्रचण्डले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

  जेष्ठ १४, काठमाडौं । प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । सिंहदरबारमा आइतबार

नक्कली भुटानी शरणार्थीप्रकरणका अभियुक्तलाई आजदेखी अदालतले बयान लिने

जेठ १२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई  आजदेखि अदालतले बयान लिदै  छ ।

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी