१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त गरेको छ । प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई (पौडेल)लाई जेनेभा जान रोकेर देशकै वेइज्जत हुने काम गरेको मात्र नभई परदेशमा रहेका नेपालीहरूको सिर झुकाउने काम गरेकाले खेद व्यक्ति गरिएको जनाइएको छ ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीमा उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रचण्डको पछिल्लो हरकत देशलाई विदेशीको खेल मैदान बनाउने प्रपञ्च भएको दावी गरेका छन् । प्रधानमन्त्री प्रचण्डको यो खेल आफूसँगै देशलाई फसाउने आत्घाती निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
विदेशीको इशारामा देशको जिम्मेवार पार्टी नेकपा (एमाले) माथिको सुनियोजित हमलाले देशलाई सधैं अस्थिर बनाउने काममा प्रचण्डले नेतृत्व गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ एकमिनेट पनि मुलुकको कार्यकारी पदमा बसिरहन अनैतिक भएकाले राजीनामा दिन माग समेत गरिएको छ ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको