१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन १५ मा बाल यौन दुरुपयोग अभियोगमा पक्राउ परेका शाह आज फागुन १५ मै रिहा भएका हुन ।
पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको छ । उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।
हिजो फागुन १४ गते उच्च अदालत पोखराले जिल्ला अदालत नवलपुरले दिएको सजाय उल्ट्याउँदै नायक शाहलाई सफाइ दिएको थियो। यसैले शाह आज फागुन १५ गते जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन ।
बलात्कार नभएको तर बाल यौन दुरुपयोग भएको भन्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। त्यही मुद्दालाई जिल्ला अदालत तनहुँले भने बलात्कारको अभियोगबाट माघ ३ गते सफाइ नै दिएको थियो।
हिजो फागुन १४ गते उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोगमा दावी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
जेष्ठ १७,काठमाडौं । । प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् ।
काठमाडौं, जेठ १६ गते । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली भुटानी
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
जेष्ठ १४, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । सिंहदरबारमा आइतबार
जेठ १२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई आजदेखि अदालतले बयान लिदै छ ।
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी