कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

८ फागुन,काठमाडौँ । जलेर घाइते भइ भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ । मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । 
अस्पताल परिसरवाट योगराज कंडेलले फेसबुकमा लेखेका छन्, कृतिम अक्सिजन बन्द गरिएकोले हाल ट्रायलमा हुनुहुन्छ । स्वास्थ्य अवस्था नर्मल हुँदै गएको छ।’ 
डा.मुकेश मिस्रासंग ९ः१५ बजेको काउन्सिलिङ र ११ वजे डा. सिद्धार्थ केशवानीको काउन्सिलिङ्का आधारमा डा. भण्डारीको प्लेटलेट्सको मात्रा बढेको, पिसावको मात्रा नर्मल रहेको, एक्सरे तल्लो भागमा हल्का हेजी रहेको तथा शरीरमा ज्वरो नदेखिएको कँडेलले उल्लेख गरेका छन् । 
कँडेलले ३४ मिनेट अघि गरेको अपडेट अनुसार, ‘डा. भण्डारीका सबै अँगहरूले नर्मल काम गरेका छन । अन्य जानकारी केही समय पछि पुन: अपडेट गर्नेछु ।’ 
यसअघि कांग्रेस कार्यकर्ता माधव न्यौपानेले मुम्बईबाट गराएको फेसबुक अपडेट अनुसार डा. भण्डारीको ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’
सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा न्यौपानेले लेखेका छन्, ‘उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् ।’
‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्। 
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगेर उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो