कवि जानु धितालको “छाउगोठकी आमा” लोकार्पण

 

२८ माघ, काठमाडौं । नेपाल स्रष्टा समाजले कवि जानु धितालको कवितासङ्ग्रह “छाउगोठकी आमा” लोकार्पण तथा विमर्श कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”को सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा रहनु भएको थियो ।

कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरी, कवि स्नेह सायमी र समालोचक डा. भरतकुमार भट्टराईले आआफ्नो समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष विधान आचार्यले सहजिकरण र सचिव माधव बिंडारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक कवि जानु धितालले कविता वाचन तथा आफ्नो सिर्जनायात्राका बारे मन्तव्य राख्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु महेश प्रसाईं, नरेन्द्रबहादुर श्रेष्ठ, राधेश्याम लेकाली, दिव्य गिरी, जयदेव भट्टराई, अनुपम रोशी, वियोगी बुढाथोकी, विमल भौकाजी, शङ्कर भारती, किशोर पहाडी, नारायण तिवारी, कृष्ण प्रसाईं, प्रद्युम्न जोशी, राजेश खनाल, जयदेव भट्टराई, ठाकुर बेलवासे, सुशीला देउजा, चेतनाथ कणेल हरित, सुमन सौरभ, यादव भट्टराई, रन्जना निरौला, सुमन बर्षा, विजयध्वज थापा, लक्ष्मी माली, भानुप्रकाश जोशी, विक्रमभक्त जोशी, राज रजक, भीष्म उप्रेती, प्रकाश घायल, रामप्रसाद पन्त, देविका तिमिल्सिना, विवश पोखरेल, डी. आर. राई, शान्ति शर्मा, हरिश कल्पित, तारा सुवेदी, दीपक लोहनी, मणि लोहनी, मधु पाठक, सुष्मा अंशु, ममता मृदुल, विन्दु ढकाल, लव गाउँले आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा