प्रहरीको लाठीचार्जविरुद्ध नेपाल चिकित्सक संघले भोलि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

प्रहरीले भीभीआईपीको सुरक्षाका नाममा चिकित्सकमाथि सांघातिक आक्रमण गरेको भन्दै संघले विरोधस्वरुप आइतबार (भोलि) देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघले भनेको छ, ‘२०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ।’

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले वीर अस्पतालका चिकित्सकमाथि लाठी चार्ज गरेको थियो। लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत घाइते भएका थिए।

‘स्वास्थ्य सेवाजस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भीभीआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभइ हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,’ संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण  भ्रमण तालिका

जेष्ठ १७,काठमाडौं । । प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् ।

आज नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, जेठ १६ गते । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली  भुटानी

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

प्रधानमन्त्री प्रचण्डले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

  जेष्ठ १४, काठमाडौं । प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । सिंहदरबारमा आइतबार

नक्कली भुटानी शरणार्थीप्रकरणका अभियुक्तलाई आजदेखी अदालतले बयान लिने

जेठ १२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई  आजदेखि अदालतले बयान लिदै  छ ।

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी