२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै छन ।शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालवाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।
‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने । ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’
मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरू मलेसियामा रहेको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिएका थिए ।
मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिएका थिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरूको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालवाट लानका लागि आफुहरू तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी गराएका थिए ।
गृहमन्त्री इजमाइल १५ सदस्यीय उच्चस्तरीय टोलीसहित आफ्नै निजी विशेष विमानमार्फत नेपाल आएका हुन । गृहमन्त्री इजमाइलले प्रधानमन्त्री प्रचण्ड संग शुक्रबार शिष्टाचार भेट समेत गरेका थिए ।
९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन