महेश बस्नेतले देखाएर उच्च राजनीतिक संस्कार दुर्लभ थापाको निवासमै गएर दिए बधाई


८ मंसिर,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले उच्च राजनीतिक संस्कार देखाउंदै आफ्ना प्रतिस्पर्धी तथा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापालाई बधाई तथा शुभकामना दिएका छन ।       

बिहिवार सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा,सुर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेत सहित थापाको निवासमै पुगेर नेता बस्नेतले बधाई तथा शुभकामना दिएर उच्च राजनीतिक संस्कार देखाएका हुन । 

मतगणनाको प्रारम्भ देखिनै निकै प्रतिस्पर्धात्मक देखिएको भक्तपुर निर्वाचन क्षेत्र नं २ को मंगलवार बिहान सम्पन्न मतगणना अनुसार कांग्रेसका थापाले एमालेका बस्नेतलाई ९ सय ६७ मतान्तरले पछि पार्दै बिजय प्राप्त गरेका थिए । थापाले २४ हजार २ सय ३९ मत प्राप्त गर्दा बस्नेतले २३ हजार २ सय ८२ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा ६५ हजार ९ सय १९ मत खसेको थियो ।             

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना