दिउँसो १ बजे सम्मको मत परिणाम अनुसार एमाले अगाडी,मुस्ताङमा काङ्ग्रेस विजयी

५ मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।
दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार १४ वटा निर्वाचन क्षेत्रमा मत गन्दा एमालेको अग्रता रहेको छ । त्यस्तै प्रतिनिधिसभातर्फ मुस्ताङमा नेपाली कांग्रेस विजयी भएको छ । एमाले ६ सिटमा अग्रता लिएको छ । कांग्रेसको थप ३ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ क्षेत्रमा अग्रता लिँदै नेपाली कांग्रेसलाई पच्छ्याइरहेको छ ।त्यस्तै राप्रपा, जनमत पार्टी र अन्यले १-१ क्षेत्रमा अग्रता कायम गरेका छन् ।

ललितपुरका तीनवटै क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ ।त्यस्तै झापामा एमालेले अग्रता फराकिलो पारिरहेको छ भने भक्तपुर २ मा कांग्रेसका दुर्लभकुमार थापाले अग्रता लिएका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ पनि मतगणना जारी छ । मनाङबाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन् भने जारी मतगणनामा जनमत पार्टीले २ स्थानमा अग्रता कायम गरेको छ । एमाले, राप्रपा र जसपाले एक-एक स्थानमा अग्रता कायम गरेको छ ।

आगामी १५ गते भित्रमा सम्पूर्ण मतपरिणाम आईसक्ने निर्वाचन आयोगले जनाएको छ । आइतबार निर्वाचन हुन नसकेका स्थानहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरूको मतपरिणाम आउने क्रम जारी रहेको छ । आइतबार देशभर एकै चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना