निर्वाचन आयोगद्धारा ५५० जना व्यक्तिको नाम दलले पेस गरेको बन्दसुचीबाट हाटाउने निर्णय


८ कार्तिक,काठमाडौं । निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघनमा परि जरिवाना नबुझाएका ३६९ जना सहित ५५० जनाको नाम निर्वाचन आयोगले बन्दसुचीबाट हटाएको छ ।

आयोगले सहायक प्रवक्ता एवं उपसचिव कमल भट्टराई द्धारा हस्ताक्षरित एक बिज्ञप्ति मार्फत बन्दसुचीबाट नाम हटाएको जानकारी दिएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन,२०७९ का लागि समानुपातिक तर्फ दलहरूले पेश गरेको बन्दसुचीमा नाम समावेश भएका ६४५७ जना उम्मेदवारहरु मध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना उम्मेदवारहरुका सम्बन्धमा परेको दावी विरोधको झांचबुझ गरि ५८४ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेको एक जना गरि कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसुचीबाट हटाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसुचीमा समावेस भएका उम्मेदवारहरुको सम्बन्धमा जांचबुझ गर्दा दावी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीयतह सदस्य निर्वाचन,२०७९ मा उम्मेदवार भइ निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कार्तिक ५ गते तोकिएको जरिवाना बुझाउने मौका दिंदापनी नआएका र सो अवधीभित्र जरिवाना नबुझाउने  ३६९ जनाको नाम सम्बन्धित दलहरूले पेश गरेको बन्दसुचीबाट हटाउने निर्णय गरेको हो ।

यस्तै,बन्दसुचीमा समावेश रहेका मध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्य तर्फ २३ जना र प्रदेशसभा सदस्य तर्फ २९ जना गरि ५२ जना दोहोरो उम्मेदवारी परेका ६६ जना ,महिलापुरुषको विवरण परेका ३७ जना,कुनै गाउंपालीका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभा तर्फक ६ जना प्रदेशसभा भित्रका मतदातानामावलीमा नाम नभएका १२ जना र आवश्यक कागजपत्र पेश नभएका ६ जनाको नाम पनि दलले पेश गरेको बन्दसुचीबाट हटाउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको बिज्ञप्ति :   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि