६ कार्तिक,काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार आजबाट औपचारिक रुपमा शुरु भएको छ । यमपञ्चकको रुपमा मनाने यो पर्वलाई कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितियासम्म पांच दिन मनाइने सांस्कृतिक चलन रहेको छ ।
यमराजको दूतका रुपमा रहेको कागलाई पुजा गरेर,मीठो-मीठो खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइदै छ । प्रत्येक साल कार्तिक कृष्ण त्रयोदशीका दिनमा कगतिहार मनाउने प्रचलन रहेको छ ।
आजको दिन कागलाई दही भात खुवाउने प्रचलन पनि रहेको छ । कागलाई दही भात मीठो लाग्ने भएकोले दही भात खुवाएमा यमराज समक्ष शुभ सन्देश पुर्याइदिने भएकोले दही भात खुवाउने चलन परम्परादेखी चलिआएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने चलन पनि रहेको छ ।
आजको दिन हनुमानढोकास्थिति कागेश्वरी मन्दिरमा बिशेश पुजा आरधना हुने गर्छ भने काठमाडौंको कागेश्वरी मनोहरा वडा नं १ मा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक