चार दशकदेखि निरन्तर राजनीतिमा रहेर दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा समर्पित चन्दन कृष्ण श्रेष्ठ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) का लागी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
‘विकासको मुल भौतिक विकास हो तर भौतिक विकासमात्र पुर्ण विकास होईन,त्यसकारण सामाजिक विकास हुनुपर्छ भन्ने मान्यतामा अडिग श्रेष्ठ सामाजिक विकासको लागि शिक्षा र स्वस्थ्यको विकास हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ स्वयं नेपाल घरेलु तथा साना उद्योग महासंघ भक्तपुरको संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष पनि भैसकेको हैसियतले देश विकासको मेरुदण्ड घरेलु उद्योग भएको र त्यसका लागी घरघरमा राष्ट्रिय उत्पादन हुन जरुरी रहेको बताउनुहुन्छ ।’
शिक्षा र स्वास्थ्य समन्धी चेतना मार्फत भक्तपुरको राजनीतिमा उदाउनुभएका नेता चन्दन कृष्ण श्रेष्ठ संग आगामी निर्वाचनमा केन्द्रीत भएर गरिएको कुराकानी प्रस्तुत गरेका छौं ।
– भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) अर्थात मध्यपुर थिमीको समग्र विकासका लागि तपाईं के कस्ता कार्यक्रमहरु सहित निर्वाचनमा जाँदै हुनुहुन्छ ?
मध्यपुर थिमीको समग्र विकासको निमित्त उद्योगको विकास हुनुपर्छ । प्रत्येक घरमा केहिनकेही घरेलु उत्पादन संचालन हुनुपर्छ । घरेलु उद्योगभित्र सबै सेक्टर पर्छन् । अहिले हामिसंग निकै सहकारीहरु रहेका छन । त्यहाँको पुंजी उत्पादनमा भन्दा घरजग्गा खरिदबिक्री वा गाडीमा लगानी भैरहेको छ । मेरो भनाइ त्यो पुंजीलाई उत्पादनमा लगाउनुपर्छ । त्यसकारण सहकारीलाई उत्पादनमा लानको निमित्त यहाँको संस्कृति, रितिरिवाज,यहाँको मुर्त-अमुर्त कलाको प्रचारप्रसार गरेर होम स्टेहरु खोलेर अथवा यहाँ पर्यटकहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका गेस्टहाउसहरु,होटल,रेस्टुरेन्टहरु र रिसोर्टहरु चलाउन सकियो भने त्यस्तै हाम्रो थिमीमा धेरै मल्लकालिन तथा लिच्छविकालिन कला संस्कृति छन ।त्यसको निवर्तमान मेयर मदनसुन्दरको पालामा धेरैनै संरक्षण र विकास भयो । माननीय महेश बस्नेतको पालामा धेरै बजेटहरु छुट्याएर त्यस्ता मुर्त-अमुर्त कलाहरु,मठ मन्दिरहरु ९० प्रतिशत निर्माण भैसकेको छ । त्यसलाई क्यासमा परिणत गर्नुपर्छ । त्यसको प्रचारप्रसार गर्नुपर्छ । त्यसलाई पर्यटन उद्योगसंग जोडेर लानुपर्छ भन्ने मेरो मान्यता छ । जबसम्म जनता आर्थिक रुपमा सवल र सक्षम हुंदैनन तबसम्म देश विकास हुंदैन । त्यसको लागि थिमीमा परम्परागत कृषि रहेको छ । त्यस्तो कृषियोग्य जमिनहरु अहिले घर बनाएर,प्लानिङ गरेर सकिन लागिसक्यो । त्यसैले यहाँको कृषिमय सिल्प भएका किषानहरुलाई राज्यले,नगरपालिकाले केमा अनुदान दिन सकिन्छ ? मलमा दिन सकिन्छकी ? किट्नासक औषधीमा दिन सकिन्छकी ? अनुदान दिएर थोरै जग्गामा पनि धेरै उत्पादन गर्न सकिने किसिमले हामीले वातावरण बनाइदिनुपर्छ । शुरु-शुरुमा विभिन्न पर्यटन उद्योगको विकासको निमित्त पर्यटकहरुलाई चाहिने पर्यटकीय कृयाकलापहरु होम स्टे भयो,होटल भयो,रिसोर्ट र रेस्टुरेन्टहरु भयो यी कुराहरुमा नगरपालिका वा सरकारले पहिले प्याकेज अनुदान दिएर अगाडि जान सजिलो हुन्छ । एकैपल्ट नागरिकहरुले त्यो घाटा बेहोर्न सक्दैनन् । त्यो नगरपालिकाले बेहोर्नु पर्छ । त्यसको लागि म प्रदेशसभा सांसद जितिसकेपछाडी भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) मा मेरो शसक्त प्रतिनिधित्व हुन्छ । समग्र मध्यपुरको विकासको निमित्त विभिन्न कानुनी बाधा अड्चनहरु छन । त्यहाँत मुख्यकुरा कानुनहरु बनाउने हुन्छ । त्यसपछि बजेट बिनियोजन गर्ने काम हुन्छ । विकास प्राथामिकरण अनुसार शिक्षा,स्वास्थ,सरसफाइ अथवा कृषि:ताकी हामीले आयात विस्थापन गर्न सकिन्छ । स्थानीयलाई चाहिने अधिकाङ्स सामान यहीँ उत्पादन गर्न सकिन्छ । लग्जरी सामान बाहेक कतिपय आवश्यक कुराहरु हामी यहीँ उत्पादन गर्न सकिन्छ । अथवा यहाँ उत्पादन गरेर नजिकको छिमेकमा विक्रीवितरण गर्न सकिन्छ । हाम्रो मुख्य कुरा भनेकै आयात बिस्थापन गर्ने हो । त्यसकारण हामिले उत्पादनमा एकदमै जोड दिनुपर्छ । उत्पादन भएपछी आयात स्वत : विस्थापन हुन्छ ।
– तपाईंको उम्मेदवारी किन?आयात बिस्थापनका लागि तपाईं संग के-कस्ता कार्यक्रमहरु रहेका छन ?
अझै पनि कतिपय जग्गाहरु बांकी छ्न । त्यत्रो मनोहरा फांट बांकी छ । मनोहरा फांटलाई काठमाडौंकै तरकारी बगैंचा भनेर भनिन्थ्यो । अहिले पनि त्यो जग्गालाई सिंचाइको ब्यवस्थापन,मलको ब्यवस्थापन,बीउ बिजनको ब्यवस्थापन,विभिन्न किटनासक औषधिको ब्यवस्थापन गरेर त्यो थोरै ठाउँमा पनि धेरै उत्पादन गर्न सकिन्छ । त्यहीँ हामीले तालिम प्रदान गर्नुपर्छ । जग्गात कम हुंदैछ तर थोरै जग्गामा पनि धेरै उत्पादन गर्न सकिन्छ । घरमात्र बनाएर भन्दापनी खाली जग्गामा अन्य धेरै फाईदा लिन सकिन्छ भन्ने जनचेतना जगाउनुपर्यो । मान्छेलाई घर बनाउने र भाडा लिने एउटा सजिलो माध्यम भएपनि यसमा उत्पादन तिर ध्यान दिएको छैन । त्यसकारण हामीले देशलाई आत्मनिर्भर बनाउने हो भने उत्पादनमै ध्यान दिनुपर्छ । कहाँ के उत्पादन गर्न सकिन्छ ? जस्तै,मध्यपुर भएन तर बागमती प्रदेश भित्रत एउटा जोनिङ प्लानिङ गरेर,पकेटहरु तोकेर स्पेसल-स्पेसल उत्पादनहरु गर्न सकिन्छ । त्यहाँको लागि जग्गा ब्यवस्थापन गर्न कानुनै अभाव छ । कानुन बनाउनु पर्छ । एउटा कम्पनीको हिसाबले ग्रुप गरौं । जग्गा लिजको ब्यवस्थापन गरेर हुन्छकी वा खाली,बांझा र त्यसै खेर गइरहेको जमिनहरुलाई ब्यवस्थापन गर्न सकिन्छ । जङ्गललाई जङ्गलका रुपमा लाने खाली जमिनलाइत उत्पादनयोग्य जमिन बनाउन सकिन्छनी ? त्यो उत्पादन गर्न सकिएन भने अर्काको भरमा पर्नुपर्दछ । आज इण्डियाबाट सबै आयात गर्दखेरी निर्यातमा उसले कर लगायो । गहुँमा आयात रोक्यो । बिस्कुटदेखि लिएर गहुँजन्य पाउरोटी सम्ममा सबैको भाउ बढेको छ । त्यसकारण हामीले कृषीमा एकदम जोड दिनुपर्छ । थोरै जग्गामा पनि धेरै उत्पादन गर्न सकिन्छ । कुनै ठाउँमा आधुनिक बस्ती विकास पनि गर्नुपर्छ तर सबैतिर होईन । जहाँ खेतीहरु छन खेर गइरहेको जमिनहरु छ, तिनिहरुलाई उत्पादनको लागि प्रयोगमा ल्याउनुपर्छ । अहिले सबै युवाहरु बाहिर गएर आफ्नो उत्पादनमा वा खेतमा काम गर्ने मान्छेहरुको अभाव रहेको छ । उहाँहरुलाई कसरी प्रोत्साहन गर्ने ? हामी ५० डिग्री तापक्रम भएको अरब कन्ट्रीमा काम गर्न सक्दा यहीँ हाम्रो कृषि उत्पादन गरेर त्यहाँको भन्दा बढी आम्दानी गर्न सकिन्छ । परिवार संग संगै बसेर देश बनाउन सकिन्छ भन्ने कुरा हामीले दिनुपर्छ । अहिले संघीयता पुर्ण रुपमा कार्यान्वयन भएको छैन । त्यसको लागि हामी गएर कानुन बनाउन र पुर्ण रुपमा संघीयता कार्यान्वयन गर्नको निमित्त हामी जाने हो । त्यसका लागि अनुभवी ब्यक्तिहरुलाई पठाउनुपर्यो । त्यसका लागि पार्टीले बिश्वास गरेर टिकट दिएको छ । पक्कै पनि मलाई आत्मविश्वास छ जनताले मलाई जिताउनुहुन्छ । म सबैभन्दा बढी आर्थिक इमानदारीता भएको ब्यक्ति हुं । मैले धेरै संघसंस्थाहरुमा काम गरिसकेको छु । मध्यपुर थिमी नगरपालिकामा मैले ९ महिना मेयर भएर काम गर्ने मौका पाएको थिए मेरो पालामा कुनै किसिमको भ्रष्टाचार हुन दिइन् आफुले पनि नगरेर उदाहरण प्रस्तुत गरेको छु । मैले नेपाल औषधि लिमिटेड चलाएर आएं त्यहाँ पनि हामीले कुनै किसिमको अनियमितता हुन दिएनौं । अन्य संघसंस्थाहरुमा पनि हुन दिइन् । मुख्य कुरा म आफू भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न । म भ्रष्टाचार बिरोधी ब्यक्ति हुं । देशको हरेक ठाउँमा भ्रष्टाचारको कारण जनता झन-झन गरिब भएर जाँदै छन । भ्रष्टाचारी झन-झन माथी उठेका छन । त्यसकारण भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा मेरो उम्मेद्बारी हो ।
-तपाईंले निर्वाचन जित्ने आधार के हो ?
मुख्यतः हाम्रो अध्यक्ष श्रद्धय केपी शर्मा ओलीज्युको राष्ट्रिय दृष्टिकोण ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन उहाँले जुन कार्यक्रमहरु ल्याउनुभएको छ लागि पर्नुभएको छ । पहिलो आधार यो हो । अर्को भनेको नेकपा एमालेको सशक्त संगठन छ र एमालेप्रती आकर्षक बढेको छ । जतिपनी विकासका कामहरु एमालेकै पालामा भयो । अहिले गठबन्धन सरकारको पालामा खोइत ? M.C.C र S.P.P जस्ता राष्ट्रघाती कार्यक्रमहरु पास गर्ने बाहेक के गर्यो गठबन्धन सरकारले ? केपी ओली प्रधानमन्त्री हुंदाखेरी हाम्रो गुमेको भाग फिर्ता ल्याउन चुच्चे नक्सा प्रकाशन गर्ने काम भयो । त्यसलाई कायम गर्न पनि यो सरकारले सकेको छैन । पहिलोत राष्ट्रियता होनि त्यसपछि जनजिवीकाको निमित्त विकास हो । त्यसकारण हामी इमानदारीता पुर्वक यो देश विकास गर्न र समृद्ध नेपाल बनाउनको लाही जान्छौं । अहिले मेरो क्षेत्रमा भन्नुपर्दा,गठबन्धनको कारणले काङ्ग्रेस पार्टीका मित्रहरुले टिकट पाउनुभएन । माओवादीका मित्रहरुले टिकट पाउनुभएन तर हामिसंग गएको एस पार्टीले टिकट पाएको छ । त्यसकारण हामीत यति सुनिश्चित भइसक्यौंकी मेरोत काङ्ग्रेसका मित्रहरुसंग पनि यतिकै राम्रो छ । म उपमेयर हुंदा मदनकृष्ण मेयर हुनुहुन्थ्यो हामीले सौहाद्रपुर्ण तरिकाले काम गरेर आएका थियौं । माओवादीका मित्रहरुसंग पनि त्यतिकै राम्रो छ । म हरेक काममा सकारात्मक सबैलाई मिलाएर लाने विकासको काममा हाम्रो एकता हुनुपर्छ । राजनीतिक रुपमा हामी चुनावमा प्रतिस्पर्धा गर्छौं तर हामी सबैसँग मिलेर जानुपर्छ । अहिले काङ्ग्रेसबाट मेयर र माओवादी बाट उपमेयर हुनुहुन्छ । उहाँहरु मेरो भाइनै हो । हामिहरु एउटै टोलका हौं । मेरो सबैसँग राम्रो छ । त्यसकारण म शैक्षिक क्षेत्र,सामाजिक क्षेत्र र स्वास्थ क्षेत्रमा काम गरेको हुनाले मलाइत यति धेरै फोनहरु आइरहेको छकी तपाईं जस्तो मान्छे चाहिन्छ भनेर । मलाई धेरै मित्रहरूले शुभकामना दिइरहनु भएको छ । त्यसकारण न्युटल मासको भोट मलाई आउँछ । मेरो बिजय यकदमै सुनिश्चित छ । म अर्को पाली भन्दिन यो पांच वर्ष मलाई जिताएर काम गर्ने मौका दिनुभयो भने म उदाहरण प्रस्तुत भएर इमानदारी पुर्वक जनताको लागी,जनपक्षीय रुपले जनतलाई मध्यनजर राखेर काम गर्नेछु ।
-शिक्षा र स्वास्थ्यमा यहाँको योगदान अतुलनीय देखिन्छ त्यससँगै यो क्षेत्रका युवाहरूको निमित्त यहाँ संग के कस्ता कार्यक्रमहरु रहेका छन ?
देशको मुख्य मेरुदण्ड भनेकै युवा हुन । मैले थिमीमा असंख्य क्वालिफाइट र सक्षम युवाहरु देखेको छु तर यहाँ रोजगारी छैन । त्यसकारण सक्नेहरु युरोप,अमेरिका,अष्ट्रेलिया गएका छन । नसक्नेहरु आज अरब गइरहेका छन । हामिले ती युवाहरूलाई फर्काएर हाम्रो मध्यपुरमा मुर्त अमुर्त मल्लकाल र लिच्छविकाल देखिको सम्पदा र संस्कृति छ । त्यसलाई हामिले टुरिजम ब्यवसायको रुपमा विकास गरेर त्यसमा नगरपालिकाले र राज्यले उहाँहरुलाई सहयोग गरेर अनुदान दिएर असंख्य रोजगार सृजना गरिन्छ । त्यहाँ होम स्टे चलाउने होकि ? होटलहरु खोल्ने होकि ? हामीले चोक-चोकलाई प्रयोग गरेर होम स्टे संचालन गर्नुपर्छ । यहाँ उद्योगहरु खोल्नुपर्छ । हरेक किसिमको पुजिको लागि बैंक र सहकारीहरु छन पहिले जस्तो होईन । हामिले उद्यमसिलतालाई प्रोत्साहन गर्नेछौं । जस्तो,आइटी पनि एक किसिमको उद्योग हो । आज बिश्वका सफ्टवेयरका कामहरु नेपालबाट भैरहेका छन । यहाँ आईटीको विकास गर्न सकिन्छ । विभिन्न आधुनिक उत्पादनहरु गर्न सकिन्छ । मेरो धेरै उद्योगहरुको अनुभव भएको हुनाले वा ठुला-ठुला उद्योगिहरु संग हामी बसेर आव्हान गर्छौं । आउनुहोस् तपाइहरु हामिलाई के सहयोग गर्न सक्नुहुन्छ ? त्यसका लागि टेक्नोलोजी दिन सकिन्छ । अर्को शैक्षिक हव,आज जसरी मैले चाणक्य कलेज खोलेर सयौं मान्छेलाई रोजगारी दिएको छु । त्यस्तै यहाँ हामीले विभिन्न सिपमुलक प्राबिधिक स्कुल,कलेजहरु खोल्न सकिन्छ । त्यसमा हामीले धेरै शिक्षित युवाहरुलाई काम दिन सकिन्छ । एउटा उद्यमि,एउटा सिल्पी त्यस्ता क्वालिटी भएका मेनपावर पनि तयार गर्न सकिन्छ । मैलेपनी सुरुमा १० हजार बाट उद्योग सुरु गरेको हो । अहिले पनि मेरो त्यो होजेरी उद्योग चलिरहेको छ । मलाई त्यो सानो उद्योगले यहाँसम्म ल्याईपुर्याएको छ त्यसकारण उद्योग भनेको एकदमै ठूलो कुरा हो । यहाँ घरेलु उद्योग,मझौला उद्योग र ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
-तपाईंले निर्वाचनमा बिजय हांसिल गर्नुभएमा हनुमन्ते र मनोहरा करिडोर निर्माण कार्य सम्पन्न भएको यहाँको जनताले देख्न पाउँछन् ?
करिडोरको कन्सेप्ट भनेको ग्रीन बेल्टको कन्सेप्ट हो । मध्यपुर थिमीलाई ०५४ सालमा नगरपालिका घोषणा गरिसकेपछि हामिले यहाँको जोनिङ प्लानिङ गर्यौं । त्यसका लागि हामीले ९२ वटा बैठकहरु बस्यौं । त्यही जोनिङ प्लालनमा मध्यपुर थिमी नगरपालिका लाई चारैतिरबाट हनुमन्ते र मनोहरा नदिले घेरेको हुंनाले २० मिटरको ग्रीन बेल्ट हुनुपर्छ भनेर नगरपालिका बाट एउटा कानुन बनेको थियो । त्यसपछि सरकारले नेपाल भरिनै ग्रीन बेल्टको ब्यवस्थापन गर्यो । जहाँसम्म हनुमन्ते र मनोहरा करिडोरको सवाल उठिरहेको छ । यहाँ ठूलो बाढी आयो यो कुरा जनतालाई पनि थाहा छ । त्यो बाढीले गर्दा धेरै धनजनको क्षती भयो । त्यो समय माननीय महेश बस्नेत बिहान ६ बजेनै बाढी पिडितहरुको उद्धारमा लाग्नुभयो । पीडितहरुको उद्धारको लागि हामी सबैनै लाग्यौं । वर्षात सकिएपछी उहाँले मलाई दाइ हनुमन्ते नदि नियन्त्रण गर्नुपर्छ नत्र हरेक साल यसले दु:ख दिन्छ,त्यसकारण हामीले केही गर्नुपर्छ भनेर हाम्रो छलफल भयो । अनि उहाँले बागमती सभ्यता योजनासंग सम्पर्क गरेर हनुमन्ते नियन्त्रण गर्न तटबन्ध निर्माण गर्न तपाईं पुर्व मेयर पनि भएकोले एउटा निवेदन दिनुहोला त्यहाँ बाट बजेट माग गरेर यो नदि नियन्त्रण अथवा तटबन्ध निर्माण गर्न सकिन्छ भन्ने कुरा उहाँले गर्नुभयो अनि मैले गएर निवेदन दिएर आएं । त्यही निवेदनको आधारमा यहाँको लागि बजेट छुट्टिएर तटबन्ध निर्माण भयो । जहाँसम्म हनुमन्ते करिडोरको सवाल छ । अहिले राजमार्ग धेरै जाम छ । यदि हनुमन्ते करिडोर निर्माण गर्न सकियो भने ट्राफिक धेरै ब्यवस्थापन हुन्छ र बाटो भएपछि यहाँ वरिपरिका सबै जनतालाई राम्रो हुन्छ । हुनुमन्ते करिडोर निर्माण गर्ने भनेर जथाभावी निर्माण गर्न पनि सकिँदैन । कतिको खोलामुनी जग्गा परिरहेको छ । अहिले पनि आबाधी जग्गहरु रहेको छ । कमाई गरेर खाई रहेको छन । यदि हनुमन्ते करिडोरलाई मुर्त रुप दिएर जाने हो भने जग्गा परेकाहरूलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ । बिनाक्षतीपुर्ती कसैको एक इन्च जग्गापनी लिन पाइंदैन । त्यसका निमित्त एकीकृत योजना बनाउन सकिन्छ । संभव भएसम्म विभिन्न पलट गरेर एकीकृत योजना मार्फत पीडित जनताहरुलाई मुआब्जा र क्षरिपुर्ती दिएर मात्रै बनाउनु पर्छ । कुनैपनी जनताको सम्पतिको हक हनन गरेर हामीले बनाउनु हुंदैन । त्यसलाई बनाउन राज्य लाग्नुपर्छ । दुइवटै नगरपालिका लाग्नुपर्छ । यसका लागि सबै मिलेर काम गर्नुपर्छ । त्यसकारण मलाई आत्मबिश्वास छ जनताको हितको लागि अथवा समग्र भक्तपुरको विकासको लागि बाटो आवश्यक होनै तर बाटो कसरी बनाउने भन्ने कुरा सरकारले जनतालाई सहभागी गरेर,पीडित जनतालाई क्षतिपूर्ति दिएर बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।
-मध्यपुर थिमी सांस्कृतिक शहर हो त्यसैले यहाँको संस्कृति संरक्षण,प्रवर्धन र विकासको निमित्त तपाईंको योजना के रहेको छ ?
हाम्रो मध्यपुर थिमीमा पुरानो वस्ती र नयाँ वस्ती भन्ने भुगोल छ । पुरानो वस्ती सांस्कृतिक रुपले सम्पन्न अथवा सम्पदा भएको वस्ती हो । नयाँ वस्ती भनेको नयाँ जग्गाहारुमा ओयल प्लानिङ गरेर बनेको वस्ती हो । त्यसकारण मेरो मान्यता भनेको पुरानो सहहरलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र नयाँ ठाउँलाई आधुनिक शहरको रुपमा विकास गर्ने हो । त्यसको लागि बोडेको छुट्टै पहिचान छ । त्यहाँको छुट्टै विशेषता छ । नगदेशको छुट्टै विशेषत छ । थिमीको छुट्टै पहिचान छ । त्यहाँको जे पहिचान र विशेषता छ त्यसलाई उजागर गर्ने हो । निलवाराही जङ्गललाई एउटा गार्डेनको रुपमा वा एउटा खुल्ला संग्राहलयको रूपमा विकास गर्ने । त्यहाँ गैसकेपछी विभिन्न रमाइलो गर्ने खुल्ला क्षेत्र रहेको छ । त्यसलाई बर्ड वाचिङ,पिकनिक स्पोर्ट्स,बाल उध्यान वा वनस्पति उध्यानका रुपमा विकास गर्ने । काठमाडौं भ्यालिमा नजिकको खुल्ला ठाउँ छैन । मान्छेहरूको विदा मनाउने,साना बच्चा र विद्यार्थीहरुलाई घुमाउने ठाउँको आभाव छ । त्यसलाई त्यही हिसाबले एकदमै सफा,सुघ्घर बच्चाहरु खेलाउनेदेखी लिएर पिकनिक स्पोर्ट्स देखि लिएर त्यसलाई त्यही रुपमा विकास गर्नुपर्छ । निलाबाराही जङ्गल,निलबाराही पार्क के नाम दिने हो जानै पर्ने किसिमले त्यसलाई हामीले विकास गर्न सकिन्छ । यो दुइटा कोर यरिया,सांस्कृतिक अथवा सम्पदा,धार्मिक अथवा पुरातात्त्विक क्षेत्र यसलाई सांस्कृतिक रुपले पर्यटकीय क्षेत्रका रुपमा हामीले विकास गर्नुपर्छ । त्यसको गन्तव्यको रूपमा हामीले विकास गर्नुपर्छ । त्यसको लागि तिनतहको सराकार कतिपय संघले कानुन बनाउनुपर्छ । कतिपय प्रदेश र कतिपय नगरले कानुन बनाउनुपर्छ । त्यसकारण हामीले सहजताको निमित्त,जनचाहनाको निमित्त,जनताको हितको निमित्त कानुन बनाउन जाने हो । काम गर्न जाने हो ।
-तपाईंले निर्वाचन जितिसकेपछी मनोहरा किनारको सुकुम्बासी समस्या समाधान गर्ने योजना के रहेको छ ?
सुकुम्बासीहरु पनि नेपाली दाजुभाइनै हुन । देशमा सुकुम्बासी हुनुहुंदैन,यो संवैधानिक ब्यवस्था रहेको छ । त्यसैले सुकुम्बासीहरुको ब्यवस्थाको जिम्मेवारी राज्यले लिनुपर्छ । सुकुम्बासीहरु जति सबै काठमाडौंमा आएर उपत्यकाले मात्रै व्यवस्थापन गर्नुपर्छ भन्ने होइन । जहाँ-जहाँ बाट आएको हो उहाँहरुलाई त्यहीँ-त्यहीँ व्यवस्थापन गर्नुपर्छ । त्यहाँ जानै सकिँदैन भने उहाँहरुलाई राज्यले जग्गा किनेर हुन्छकी अथवा उहाँहरुलाई बस्ने र टाउको लुकाउने स्थानको ब्यवस्था राज्यले गर्नुपर्छ । त्यहाँ कति खोलाको बगरमा छन । कति ब्यक्तिहरुको जग्गामा होलान् । त्यसलाई छानबिन गरेर वास्तविक सुकुम्बासीलाई हामीले राहत दिनुपर्छ । कतिपय त्यहाँ जग्गा ओगट्ने र अनेक नियतले बसेका छन उहाँहारुलाई राज्यले हेर्न सक्दैन । प्रहिले वास्तविक सुकुम्बासी कति छन ? वास्तविक सुकुम्बासी को हो ? भन्ने डाटा निकाल्नुपर्छ र त्यही डाटाको आधारमा राज्यले व्यवस्थापन गर्नुपर्छ ।
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा