सिन्धुज्वाला हाईड्रोपावर विरुद्ध मुद्दा हाल्ने तयारी


६ असोज,काठमाडौं।
काठमाडौंको तिनकुनेमा हेड अफिस रहेको तथा  सिन्धुपाल्चोकको गुम्बामा संचालनको कार्यक्षेत्र रहेको अपर नेसम खोला हाइड्रोपावर (सिन्धुज्वाला हाईड्रोपावर) प्रा.लि को विरुद्ध अदालत जाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

हाईड्रोपावरको निर्माण कार्यस्थलमा प्रिफ्याब भवन र मेसिनरी वाल निर्माणको लागी काम गरेको मोक्तान कन्ट्रक्सनले आफुले काम गरेबापत पाउनुपर्ने भुक्तानी ४ वर्षसम्म पनि नपाएको भन्दै सो योजनामा काम गर्ने मजदुरहरु सहित मोक्तान कन्ट्रक्सनले श्रम अदालत जाने तयारी गरेको हो।

    अर्जुन बन्धु रेग्मी(हाईड्रो प्रमुख)      २०६५ सालमा दर्ता भएर आजसम्म पनि कुनै उत्पादन दिन नसकेको यो योजनाका संचलकहरुले आफ्ना सेयर सदस्यहरुबाट संकलन गरेको ५४ करोड भन्दा बढी रकम समेत हिनामिना गरेका छन । १ लाख देखी १० लाख सम्म सेयर उठाएर दशकौं बित्दा समेत सेयरको कुनै लाभांश नदिएको कारण सेयर सदस्यहरूले पनि अब कानुनी उपचार खोज्ने जानकारी प्राप्त भएको छ।

          प्रकाश रजौरे (डाईरेक्टर)     २०७६ सालमै आफुसंगको सम्झौता अनुसारको काम सम्पन्न गरेको मोक्तान कन्ट्रक्सनले अहिलेसम्म हाईड्रो व्यवस्थापन बाट कुनै भुक्तानी पाएको छैन। ”आफुले गरेको कामको रकम पाउनुपर्ने माग राख्दा कम्पनीका चियरम्यान अर्जुन बन्धु रेग्मी र डाइरेक्टर प्राकाश रजौरेले स्थानीय झिजुङ लामा भन्ने टोले गुण्डा लगायतको नाम लिएर पन्छिने गरेको कारण अब क्षतीपुर्ती सहितको रकम माग गर्दै श्रम अदालत जान बाध्य हुनुपरेको मोक्तान कन्ट्रक्सन ब्यवस्थापन समूहले बताएको छ।”

निर्माण कार्यको रकम अड्काउने मुख्य भुमिकामा हालका चियरम्यान अर्जुन बन्धु रेग्मी र डाइरेक्टर प्रकाश रजौरे संगै पुर्व जनसम्पर्क अधिकृत राजन शिवाकोटीको योजनामा प्रहरी सुचिमा पटके समेत भैसकेका टोले गुण्डा झिजुङ लामा लगाएतको टोलि अगाडी सार्दै भुक्तानी रोकेर दु:ख दिने काम गरेकोले अदालतको ढोका ढकढ्काउन वाध्य हुनुपरेको मोक्तान कन्ट्रक्सनको तर्फबाट हाईड्रो व्यवस्थापन संग छलफल गरिरहेका आधिकारिक प्रतिनिधि जनक चन्दले बताएका छ्न।

०६५ सालदेखी अहिलेसम्म दर्जनौंपटक कार्यसमिति परिवर्तन भएको यो हाइड्रोको नाममा पैसा जम्मा गर्ने र  संचालक समिती,चियरम्यान तथा डाइरेक्टरहरुको मोजमस्ती गर्ने।गाडिघोडा किन्ने र घरजग्गा जोड्ने काममा दुरुपयोग गर्दै आईरहेको पीडित सेयर सदस्यहरूले गुनासो गर्न थालेका छन।उसोत हाईड्रो बन्नेबेलासम्ममा हाइड्रोमा लाग्ने ब्यक्तिहरु मालामाल भइसक्ने चलन हाम्रो देशको पुरानै चलन हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न