सात क्यासिनोलाई ७ दिनमा कर तिर्न बालेनको निर्देशन

                  , २० भदौ । बालेनले सत्ता हातमा लिएपछि काठमाडौँ महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ ।

बालेनको निर्देशन अनुसार आइतबार महानगरपालिकाका राजस्व भिभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन कर बुझाउनु ।’

महानगरपालिकाले म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, प्याडिसन होटलको क्यासिनो प्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग