सामाजिक सुरक्षा कोषद्वारा ४ प्रकारको सापटी सेवा दिन शुरु

काठमाडौँ, १ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।

सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु भएको हो । कोषले सापटी योजनाअन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ गतेबाट सुरु गरेको छ । यी ४ वटा सापटी योजना अन्तर्गत मंगलबारबाट विशेष सापटी सेवा कार्यान्वयनमा आउने कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजना सेवा मंगलबारबाट कार्यान्वयनमा आउने बताए । उनका अनुसार प्रक्रियाका हिसाबले विशेष सापटी २ कार्यदिनमा नै लिन सकिने भएकोले यसबाट सुरु भएको हो ।

निर्देशिकाअनुसार विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुन: विशेष सापटी लिन सक्ने प्रावधान रहेको छ । यसैगरी साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन: विशेष सापटी प्रदान गर्न सकिन व्यवस्था रहेको छ ।

कोषमा योगदान रकम नियमित जम्मा गरेको ३ वर्षपछि सापटी लिन सकिने व्यवस्था रहेको हुनाले ३ वर्ष पुगेका सबैले सरल प्रक्रियामा सापटी लिन सक्ने कोषले जनाएको छ । विशेष सापटी लिएका योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटकपटक वा एकै पटक जम्मा गरी सापटी रकम चुक्ता गर्न सक्ने जनाइएको छ । विशेष सापटीबाहेक अन्य सापटीको हकमा भने कोषले तोकेअनुसार धितो राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक