
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर।
सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ।आईतवार भक्तपुरमा भएको एक कार्यक्रममा सिमितिका पुर्व अध्यक्ष किरण थापाको बिदाई र नवनिर्वाचित अध्यक्ष बस्नेतले पदबहाली गर्नुभएको हो।
समन्धित देवालय मठ,मन्दिर नगरपालिका वा वडाको निर्वाचित अध्यक्षनै समितिको अध्यक्ष हुने प्रावधान अनुरुप बस्नेत समितिको अध्यक्ष बन्नुभएको हो।सुर्यविनायक गणेश मन्दिर वडा नं.६ र ८ को सिमानामा पर्ने भएकोले समन्वय गर्न सजिलो होस भनेर ६ नं.वडाको अध्यक्ष ईश्वर खड्कालाई पनि कार्यसमिति सदस्यको रुपमा राखिएको छ भने सदस्य सचिवमा वडा नं ८ का प्रशासकिय अधिकृत मोहन गिरि नियुक्त हुनुभएको छ।त्यस्तै सदस्यहरूमा, बिशेष भौतिक पुर्वाधार क्षेत्रविकास आयोजना, पुरातत्व विभाग,गुठी संस्थान,इलाका प्रहरी कार्यालय जगाती,नित्य पुजारी,गुठियार नाईके,समाजसेवी,बुद्धिजीवी बाट एक-एक जना चुनिएका छन।
सांस्कृतिक धार्मिक तथा पर्यटकीय महत्व रहेको मठ मन्दिरहरुको संरक्षण,जिर्णोद्धार र विकास समन्धी कार्यविधी २०६७ अनुरुप स्थापना भएको समितिले नेपाल सरकार बाट २०६७-४-२७ मा स्वीकृति प्राप्त गरेको थियो।
वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरि आयोजनालाई जानकारी गराउने, आफ्नो कार्यक्षेत्रमा रहेका देवालय,मठ मन्दिर जस्ता धार्मिक ऐतिहासिक स्थलहरुको संरक्षण,जिर्णोद्धार,पुर्वाधार संरचनाहरुको निर्माण,संरक्षण र दिगो ब्यवस्थापन गर्ने, परम्परादेखी चलिआएको रित,धार्मिक परम्परा र आस्थालाई जगेर्ना गर्दै नियमित पुजा,जात्रा संचालन र ब्यवस्थापन गर्ने जस्ता दर्जनौं उदेश्य सहित समितिको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष पुष्पराज बस्नेतले पिपुल नेपाल संगको एक संवादमा बताउनु भएको छ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण