नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी


पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर।
३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः सरकारी सेवामै फर्कनु भएका डा.सागरकुमार राजभण्डारी हाल सुर्यविनायक नगर अस्पताल जगाती भक्तपुरको कार्यकारी निर्देशक हुनुहुन्छ।सरकारी स्वस्थ्य क्षेत्रबाट अवकाश लिएपछि सबैजसो डाक्टर,नर्स वा विभिन्न राजकिय नियुक्ति लिएका ब्यक्तिहरु कसरी महङ्गो प्राईभेट अस्पतालमा जागिर पाईन्छ भनेर प्रतिस्पर्धानै चल्ने क्षणमा सांडे तीन दशकभन्दा बाढी सरकारी स्वास्थ क्षेत्र मार्फत जनताको सेवा गरेर अवकाश पश्चात् फेरि सरकारी अस्पतालकै जिम्मेवारी लिन अगाडी बड्नुलाई सरकारी स्वास्थ्य क्षेत्रमा भएको एकप्रकारको क्रान्तिनै मान्नुपर्छ।

सेवाबाट अवकाशप्राप्त गर्नु अगाडि डा.राजभण्डारी शुक्रराज ट्रपिकल तथा. सरुवारोग अस्पताल, टेकुको निर्देशक हुनुहुन्थ्यो। जतिबेला उहाँले टेकु अस्पतालको निर्देशकको जिम्मेवारी प्राप्त गर्नुभयो विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको पहिलो लहडले देशलाई आक्रान्त बनाईरहेको थियो। महामारीको आतङ्कले चारैतिर सन्नाटा छाईरहेको थियो। औषधी,स्वास्थ सामाग्री संगसंगै जनता अक्सिजन अभावले तड्पिरहेका थिए। जतिबेला रोगनियन्त्रण महाशाखा, स्वास्थ मन्त्रालय र W.H.O अब के गर्ने भन्ने दुबिधामै थिए त्यस्तो समयमा डा.राजभण्डारी टेकु अस्पतालमा नेपालको पहिलो अक्सिजन प्लान्ट लगाउन सफल हुनुभएको थियो। उहाँ भन्नुहुन्छ “जतिबेला नागरिकहरुले देशका नाम चलेका ग्राण्डि,मिडसिटी र नर्भिक जस्ता महंङ्गा अस्पतालमा उपचार नपाएर टेकु अस्पतालमा आईरहेका थिए, हामिले जिम्मेवार बनेर नागरिकहरुको ज्यान बचाउनको लागि सबै जोखिम मोलेर अक्सिजन प्लान्ट परिक्षण गरेका हौं।नेपालको अस्पतालहरुमा अक्सिजन प्लान्ट परिक्षण यो पहिलोपटक थियो तर हामी सफल भयौं : उहांले भन्नुभयो।” यसरी राजभण्डारी नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति पनि हुनुहुन्छ।

डा.सागरकुमार राजभण्डारी सुर्यविनायक नगर अस्पताल जगाती भक्तपुरका शुरुवातकर्ता पनि हुनुहुन्छ। D.R Xray, एडभान्स प्रबिधिको ल्याब जहाँ ल्याब रिपोर्ट पनि क्युआर कपि गरेर घरमै बसेर हेर्न मिल्छ। अस्पतालको आफ्नै बृहत फार्मेसी, ३५ सयको स्वास्थ्य बिमा गरेमा एकलाख सम्मको निशुल्क उपचार लगाएत सेवा, आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाको कारण सुर्यविनायक नगर अस्पतालको चर्चा चुलिंदै गएको छ।”अस्पताल लाई अगाडि बढाउन स्थानीय कम्युनिटिले राम्रै सहयोग गरिरहेको र यहि तुलनामा नगरपालिकाले पनि सहयोग गरेमा चांडै मृगौला बिरामीहरुका लागि निःशुल्क डाइलोसिसका मेसिन र आधुनिक प्रकारको सिटिस्क्यान मेसिन पनि ल्याउने धोको राख्नुभएको छ।” अस्पताल अरनिको राजमार्गको मुखैमा रहेको साथै अरनिको राजमार्ग र बिपि राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनहरु त्यही बाटो हुँदै चल्ने भएको कारणले दुर्घटनामा परेका बिरामिहरुको चाप बड्ने हुंदा सिटिस्क्यान मेसिन अनिवार्यनै रहेको उहाँको भनाई छ।

१५ सैयाबाट सुरु गरिएको नगर अस्पताललाई हाल उहाँको योजना अनुसार ३७ सैयामा संचालन भैरहेको छ।यसले अरनिको राजमार्ग भएर आउने काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली लगएतका बिरामीको लागि लगभग ३०/४० किमि दुरि कम भएको छ भने काठमाडौं पुगेर बेहोर्नु पर्ने विभिन्न सास्तीहरु कम भएको छ। यसबाट भक्तपुरका जनताले त प्रत्येक्ष राहत महसुस गरेकै छन। प्रयोगमा नआएको अस्पताल छेउकै इंटा टायल कारखानालाई सदुपयोग गरेर उहाँको यस स्थानमा एउटा मेडिकल कलेजनै खोल्ने लक्ष्य पनि रहेको छ। महंगो पैसा तिरेर आफ्ना देशका विद्यार्थीहरु बिदेश पढ्न जानुपर्ने वध्यताले उहांलाई धेरै चिन्तित तुल्याएको र आफ्नै देशमा सरकारी तवरबाटै मेडिकल कलेजहरु नखोलिने हो भने अबको केही वर्ष पछि  नेपालमा उपचारार्थ खटिने डाक्टर र नर्सहरु भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ रहेको छ।

(पिपुल नेपाल सहकर्मी रबि खड्का संग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट