विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् । टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् ।