आज २ बजे बसन्तपुरमा वृहत्  जनप्रदर्शन

२०७९ साउन १६,काठमाडौं ।  महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा नेकपा (एमाले) ले आज राजधानीमा  वृहत्  जनप्रदर्शन गर्दै छ । 
जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध  वृहत्  जनप्रदर्शन आयोजक कमिटीका संयोजक पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले वताउनुभयो । 
आम नागरिक महंगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न आयोजना गरिएको जनप्रदर्शनमा व्यापक सहभागिता जनाउन राजधानीवासीलाई संयोजक श्रेष्ठले अपिल गर्नुभएको छ । 
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको नेता श्रेष्ठले वताउनुभयो । 
समापनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यतिवेला दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ । 
भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ । असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट हठात पारित गरिएको छ । भूूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धनले सत्ताका लागि जस्तोसुकै सौदाबाजीसमेत गर्छ भन्ने यस राष्ट्रहित विपरीतको कामबाट पुष्टि भएको छ ।   
राष्ट्रका लागि बोझ बनिसकेको वर्तमान गठबन्धनका गलत  काममा खबरदारीका लागि नेकपा (एमाले) ले आम नागरिकलाई  वृहत्  जनप्रदर्शनमा सहभागी भई जनएकता प्रदर्शन गर्न आह्वान गरेको हो ।  
जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चारवटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय संगठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्