आज २ बजे बसन्तपुरमा वृहत्  जनप्रदर्शन

२०७९ साउन १६,काठमाडौं ।  महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा नेकपा (एमाले) ले आज राजधानीमा  वृहत्  जनप्रदर्शन गर्दै छ । 
जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध  वृहत्  जनप्रदर्शन आयोजक कमिटीका संयोजक पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले वताउनुभयो । 
आम नागरिक महंगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न आयोजना गरिएको जनप्रदर्शनमा व्यापक सहभागिता जनाउन राजधानीवासीलाई संयोजक श्रेष्ठले अपिल गर्नुभएको छ । 
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको नेता श्रेष्ठले वताउनुभयो । 
समापनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यतिवेला दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ । 
भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ । असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट हठात पारित गरिएको छ । भूूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धनले सत्ताका लागि जस्तोसुकै सौदाबाजीसमेत गर्छ भन्ने यस राष्ट्रहित विपरीतको कामबाट पुष्टि भएको छ ।   
राष्ट्रका लागि बोझ बनिसकेको वर्तमान गठबन्धनका गलत  काममा खबरदारीका लागि नेकपा (एमाले) ले आम नागरिकलाई  वृहत्  जनप्रदर्शनमा सहभागी भई जनएकता प्रदर्शन गर्न आह्वान गरेको हो ।  
जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चारवटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय संगठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा