वैशाख २८, काठमाडौं: लगातार दोस्रो महिना पनि रेमिट्यान्समा सुधार देखिँदा शोधनान्तर घाटा भने बढ्ने क्रममै देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको छ ।
गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो । लगातार रूपमा देखिएको उच्च आयातले फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको छ ।
योसँगै चालु खाता घाटा पनि बढेर पाँच खर्ब नाघेको छ । फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो ।
रेमिट्यान्समा केही सुधार र सरकारले विदेशी सहायता परिचालन बढाउँदा फागुनभन्दा चैतमा विदेशी मुद्रा सञ्चितिमा भने सामान्य सुधार भएको छ । फागुन मसान्तमा नौ अर्ब ५८ करोड डलर कायम भएको विदेशी मुद्राको सञ्चिति चैतमा सामान्य बढेर नौ अर्ब ६१ करोड डलर पुगेको छ ।
फागुनको तुलनामा चैतमा डलरको मूल्यमा केही कमी आउँदा नेपाली मुद्रामा विदेशी मुद्राको सञ्चिति केही घटेको देखिएको छ । फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रहेकामा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब २१ अर्ब ४५ करोड कायम र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ४६ अर्ब ४८ करोड कायम रहेको छ ।
०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिँदा सञ्चिति पर्याप्त सूचकांक पनि स्थिर देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको बाबजुद पनि आयातमा कडाइले केही नियन्त्रण हुँदा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो । अर्कोतर्फ, माघसम्म मासिक औसत ७५ अर्बभन्दा तल रहेको रेमिट्यान्स फागुन र चैतमा ९० अर्ब नाघेको छ । जसले गर्दा बाह्य क्षेत्रमा केही सुधारात्मक संकेत देखिएको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक