काठमाडौँ, २२ चैत । आसन्न स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो । स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।
आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका छन् ।