माओवादीका गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी एमालेमा प्रवेश, प्रचण्डले उनलाई बालकोटमा प्रवेश गर्नैलाग्दा समेत त्यसो नगर्न अनुरोध गरेका थिए

काठमाडौँ, २१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गरेपछि नेकपा माओवादीमा झट्का लागेको छ ।

उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।

धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रचण्डले भने- किन त्यसो गर्नुभएको हो ? अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं ।

उनि पहिला माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघका प्रभावशाली नेता समेत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा