बार एशोसिएशनको चुनाव- देशव्यापी अभियानपछि पीपीएलए प्यानल उत्साहित 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीपीएलका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले पेशागत हकहितको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । उनले चुनावी अभियानबाट आफूहरू उत्साही रहेको र सत्ता गठबन्धनसँग एजेण्डा नरहेको दाबी गरे ।

अधिकारीले न्यायपालिकालाई विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउन आफूहरूले बारमा पुगेर भूमिका खेल्ने बताए ।

अधिकारीले आफ्नो समूह व्यवसायिक र प्रगतिशील सोच राख्ने पेशागत कानून व्यवसायीको प्रतिनिधित्व गर्ने र राजनीतिक स्वार्थ भन्दा टाढा रहेको दाबी गरे । उनले कसैलाई पनि हीनताबोध गर्न नपर्ने गरी व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशील हुने बताए ।

उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदार प्रसाद कोइरालाले गठबन्धनभन्दा आफूहरू अगाडि रहको दाबी गरे । प्रचार समितिकी प्रमुख राधिका खतिवडाले बारको चुनावमा पीपीएलएले अघि सारेका उम्मेदवार पेशागत र व्यवसायिक रुपा उत्कृष्ट रहेको बताइन् ।

सो समूहबाट अध्यक्षमा अधिकारी छन् भने उपाध्यक्षमा प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशव प्रसाद दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट बासुदेव ज्ञवाली, कर्णालीबाट चंखबहादुर साउद र महिला उपाध्यक्षमा रमा श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै महासचिवमा केदार प्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।

पीपीएलएबाट सदस्य पदमा कुन्जनी परियार प्यासी, नरसिंह चौधरी थारु, सुभाचन्द्र झा, शशी कुमारी श्रेष्ठ, दिलकुमारी राई, इन्दिरा आचार्य, मनिका खड्का, गणेशबहादुर ओली, कुवेर घिमिरे, तारा कुमार श्रेष्ठ, युवक कुमार गौतम, अर्जुन खड्का, अनिल कुमार श्रेष्ठ र हरि प्रसाद पंगेनी प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र