वीपीका पदाधिकारी हटाउने सरकारको चाहनामा सर्वोच्चको तगारो

काठमाडौँ, १५ चैत । वर्तमान गठबन्धन सरकार बनेदेखि नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारी हटाएर आफ्ना मान्छे नियुक्ती गर्न चाहे पनि सफल हुन सकेको छैन।

सरकारको यो चाहनामा २ पटक सर्वोच्च अदालत तगारो बनिदिएको छ। सरकार र पदाधिकारीको द्वन्द्व चर्किदै जादा प्रतिष्ठान भने धरासायी बन्दै गएको छ भने पदाधिकारीहरु आफ्नो पद जोगाउन केन्द्रीत हुँदा अस्पताल सेवा भने अस्तब्यस्त बनेको छ। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह छन्। उनीहरु आफ्नो पद जोगाउन शक्ति केन्द्र र न्यायालय धाइरहेका छन्। विवादमा मुछिएका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले भने पदबाट राजिनामा दिइसकेका छन्।

प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) वमोजिम गठन भएको छानबिन समितिको प्रतिवेदन अनुसार पदाधिकारीहरुलाई पदबाट हटाउन सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले चैत २० गते सिनेट बैठक बोलाएका थिए। त्यसविरुद्ध उपकुलपति डा.गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चका न्यायाधिश टंकबहादुर मोक्तानको एकल इजलाशले आइतबार चैत २० गते बोलाइएको सिनेट बैठक रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। यो आदेशले अघिल्लो सरकारले नियुक्त गरेको प्रतिष्ठानका उपकुलपतिसहित अन्य पदाधिकारी हटाउने सरकारको चाहनामा तगारो बन्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको