पाल्पा, चैत १४ः पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवर्द्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीले बताइन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेकाले राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताइन् ।
हाल पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग छन् । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको बताइएको छ । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पुर्याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाइसकेको सन्दर्भमा जिल्लालाई नै ढाकाको राजधानी घोषणाले ढाका व्यवसायीलाई उत्पादनमा प्रोत्साहन गर्ने र बजारमा स्थापित गर्न सहयोग पुग्ने उनले बताए । परम्परागत रूपमा हातले बनाएका ढाकाबाट अहिले विभिन्न सामग्री उत्पादन हुन्छन् । अहिले पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाउन सफल भइसकेकाले पाल्पालाई चिनाउन राजधानी घोषणाले सहयोग पुग्ने पाल्पाली ढाका सङ्घका अध्यक्ष मनोज पौडेलले बताए ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष