
२०७८ चैत ६, काठमाडौं । कर्णालीका माओवादी केन्द्रका सांसद ठम्मरवहादुर विष्टले सांसद पदबाट राजीनामा दिएर २०७८ चैत ४ गते राजीनामा दिएकाे कुरा प्रदेश सभामुख राजवहादुर शाही समक्ष सनाखत समेत गरेका छन् । त्यसपछि कर्णालीमा झन् तरंग सिर्जना भएको छ । ठम्मरवहादुर विष्ट नेकपा विभाजन हुनेबेला नै एमालेको केन्द्रीय सदस्य हुने गरी जान लागेका थिए ।
माओवादीले विष्टलाई मन्त्री नबनाई चाेरी मुद्दामा कैद सजाय समेत भाेगेका हुम्लाका विवादित कार्चेन लामालाई मन्त्री बनाएपछि विष्टले सांसदबाटै राजीनामा दिएका हुन् । विष्ट एमालेमा प्रवेश गर्नेगरी राजीनामा दिएको बताइन्छ ।
विष्टले एमालेसँग तीनवटा विषयमा सहमति गरेको पनि बताइएको छ । एमालेका नेता यामलाल कँडेलमार्फत महासचिव शंकर पोखरेलसँग विष्टले सहमति गरेपछि माओवादीको सांसद पदबाट राजीनामा दिएका बताइएको छ ।
२०७८ फागुन १५ गते एमसीसी पारित भएकै दिन माओवादी र प्रचण्डलाई गाली गरेर फेसबुकमा स्टाटस लेखेका विष्ट एकदुई दिनमै एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार, प्रदेश सांसदको उम्मेदवारी र केन्द्रीय सदस्यको मनोनित हुने गरी महासचिव शंकर पोखरेलसँग सहमति जुटाएका छन् । यसअघि माओवादी सांसद धर्मराज रेग्मीले पनि सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । रेग्मीसँगै एमालेमा गएपछि विष्ट भने अन्तिम समयमा माओवादीमै फर्केका थिए ।
कुनै बेला माओवादी नेता पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दाहिने हातको रुपमा चिनिएका ठम्मरवहादुर विष्ट मन्त्री हुन नपाएकै कारण एमाले प्रवेश गर्न लागेको भन्दै माओवादीमा पनि चर्चाको विषय बनेको छ । विष्ट एमाले प्रवेश गरेपछि सुर्खेतबाट प्रदेश सांसदको टिकट पाउने ग्यारेन्टी पनि पाएका छन् । अनि लगत्तै अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनित गर्नेछन् ।
सांसद पदकाे राजीनामा सनाखत र एमालेसँग भएकाे सहमतिका कारण अब विष्ट माओवादीले सम्झाएर पनि बस्ने स्थितिमा नरहेको चर्चा पनि भइरहेको छ । साथीको हैसियतमा महेन्द्रबहादुर शाहीले पनि विष्टलाई माओवादीमा नै रोक्ने प्रयास निकै गरेका थिए । तर, उनी अहिले शाहीसँग पनि सम्पर्कमा जान नै चाहेनन् ।
विष्टले दिएको राजीनामा चैत ४ गते सनाखत त भयाे अब स्वीकृत भएपनि गठबन्धनको कर्णाली प्रदेश सरकारमा भने प्रभाव पर्ने छैन । माओवादीका १३ सांसदमा रेग्मी र विष्टले छोडेपछि अब घटेर ११ मात्रै रहनेछन् । त्यसैगरी, एमालेका ४ जना सांसदको पद खारेजीमा परेको छ ।
त्यसैले ६ जना सांसद कम हुँदा ३४ जनाको मात्रै प्रदेश संसद हुने भएको छ । ३४ जना सांसदमा माओवादीका ११ र कांग्रेसका ६ सांसद अनि एकीकृत समाजवादीका ३ जना गरी २० जना सांसदको सरकार बन्ने स्थिति भएको छ । एमालेसँग रहेका २० जना सांसदबाट घटेर १३ मात्रै रहेको अवस्था छ । त्यसैले विष्टले राजीनामा दिने वित्तिकै प्रदेश सरकार फेरबदल भने हुने अवस्था रहेको छैन ।
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य