माओवादीका सांसद विष्ट एमाले प्रवेश गर्दै

२०७८ चैत ६, काठमाडौं । कर्णालीका माओवादी केन्द्रका सांसद ठम्मरवहादुर विष्टले सांसद पदबाट राजीनामा दिएर २०७८ चैत ४ गते राजीनामा दिएकाे कुरा प्रदेश सभामुख राजवहादुर शाही समक्ष सनाखत समेत गरेका छन् । त्यसपछि कर्णालीमा झन् तरंग सिर्जना भएको छ । ठम्मरवहादुर विष्ट नेकपा विभाजन हुनेबेला नै एमालेको केन्द्रीय सदस्य हुने गरी जान लागेका थिए ।

त्यतिबेला माओवादीबाट प्रदेश सरकारको मन्त्री हुने आश्वासन पाएपछि माओवादीमै बसेका थिए । प्रचण्ड निवास खुमलटार पुगेर भेटघाटपछि विष्टले मन्त्रीको आश्वासन पाएकै कारण प्रमुख सचेतक तत्काल हुनेगरी माओवादी केन्द्रमै बसेका थिए ।

  माओवादीले विष्टलाई मन्त्री नबनाई चाेरी मुद्दामा कैद सजाय समेत भाेगेका हुम्लाका विवादित कार्चेन लामालाई मन्त्री बनाएपछि विष्टले सांसदबाटै राजीनामा दिएका हुन् । विष्ट एमालेमा प्रवेश गर्नेगरी राजीनामा दिएको बताइन्छ ।

 

विष्टले एमालेसँग  तीनवटा विषयमा सहमति गरेको पनि बताइएको छ । एमालेका नेता यामलाल कँडेलमार्फत महासचिव शंकर पोखरेलसँग विष्टले सहमति गरेपछि माओवादीको सांसद पदबाट राजीनामा दिएका बताइएको छ ।   

   २०७८ फागुन १५ गते एमसीसी पारित भएकै दिन माओवादी र प्रचण्डलाई गाली गरेर फेसबुकमा स्टाटस लेखेका विष्ट एकदुई दिनमै एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार, प्रदेश सांसदको उम्मेदवारी र केन्द्रीय सदस्यको मनोनित हुने गरी महासचिव शंकर पोखरेलसँग सहमति जुटाएका छन् । यसअघि माओवादी सांसद धर्मराज रेग्मीले पनि सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । रेग्मीसँगै एमालेमा गएपछि विष्ट भने अन्तिम समयमा माओवादीमै फर्केका थिए ।

   कुनै बेला माओवादी नेता पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दाहिने हातको रुपमा चिनिएका ठम्मरवहादुर विष्ट मन्त्री हुन नपाएकै कारण एमाले प्रवेश गर्न लागेको भन्दै माओवादीमा पनि चर्चाको विषय बनेको छ ।  विष्ट एमाले प्रवेश गरेपछि सुर्खेतबाट प्रदेश सांसदको टिकट पाउने ग्यारेन्टी पनि पाएका छन्  । अनि लगत्तै अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनित गर्नेछन् ।

 

सांसद पदकाे राजीनामा सनाखत र  एमालेसँग भएकाे सहमतिका कारण अब विष्ट माओवादीले सम्झाएर पनि बस्ने स्थितिमा नरहेको चर्चा पनि भइरहेको छ । साथीको हैसियतमा महेन्द्रबहादुर शाहीले पनि विष्टलाई माओवादीमा नै रोक्ने प्रयास निकै गरेका थिए । तर, उनी अहिले शाहीसँग पनि सम्पर्कमा जान नै चाहेनन् ।

    विष्टले दिएको राजीनामा चैत ४ गते सनाखत त भयाे अब स्वीकृत भएपनि गठबन्धनको कर्णाली प्रदेश सरकारमा भने प्रभाव पर्ने छैन । माओवादीका १३ सांसदमा रेग्मी र विष्टले छोडेपछि अब घटेर ११ मात्रै रहनेछन् । त्यसैगरी, एमालेका ४ जना सांसदको पद खारेजीमा परेको छ ।

 

त्यसैले ६ जना सांसद कम हुँदा ३४ जनाको मात्रै प्रदेश संसद हुने भएको छ । ३४ जना सांसदमा माओवादीका ११ र कांग्रेसका ६ सांसद अनि एकीकृत समाजवादीका ३ जना गरी २० जना सांसदको सरकार बन्ने स्थिति भएको छ । एमालेसँग रहेका २० जना सांसदबाट घटेर १३ मात्रै रहेको अवस्था छ । त्यसैले विष्टले राजीनामा दिने वित्तिकै प्रदेश सरकार फेरबदल भने हुने अवस्था रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको