काठमाडौं, ३ चैत्र: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावमा तालमेलको सम्भावनाको ढोका बन्द नभएको बताएका छन् । आज बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने नभएको बताउँदै त्यस्तो ढोका बन्द नभएको स्पष्ट पारे ।
‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन,’ एमालेसँग चुनावी तालमेल र सहकार्यबारे पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी गठबन्धनलाई चुनावसम्म लाने उद्देश्यमा छौं । यसमा नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने कुरा हो ।’
काँग्रेसका केही नेताहरुले माओवादीसँग सहकार्य र तालमेल नगर्ने अतिवादी व्यवहार देखाइरहेको बताउँदै प्रचण्डले भने, काँग्रेसले लखेट्न नै थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिदैन ।
माओवादीले प्रधानमन्त्री बन्ने भन्दा पनि बनाउँदै आएको उल्लेख गर्दै धेरै असम्भव भनिएको विषयलाई सम्भव बनाएको दाबी गरे । उनले गठबन्धनलाई हरहालतमा बचाउने पक्षमा आफू रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा पनि रहेकाले यो बाहेकको विकल्पमा तत्काल जाने अवस्था नरहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै निषेधात्मक सोच भएकासँग तत्काल सहमति र सहकार्यको सम्भावना नरहेको बताए । उनले गठबन्धनमा चुनावी तालमेल हुने बताउँदै भने, ‘सबै ठाउँमा सबै दलबीच तालमेल हुन्छ भन्ने छैन । यसमा नेपाली काँग्रेसमा भर पर्ने विषय हो ।’
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे