गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।
रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए ।
पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको जीकिर गर्दै गठबन्धनलाई बिदाई गर्नुपर्ने बताए ।
गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उनको आरोप छ ।
लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप छ ।
आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाई गर्नुपर्ने उनको भनाई छ ।
‘तपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ । दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ । सरकार बनाए वापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन् । अदालतले सघाएसम्म ठिक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ ।’ पूर्वमन्त्री साहले भने, ‘जहिलेदेखि गठबन्धन सरकार आएको छ देशमा लोकतान्त्रिक मान्यताको हत्या भएको छ, गठबन्धन नाङ्गै नाच नाचिरहेको छ ।’
‘तपाईहरुले भर्खरै देख्नुभयो गठबन्धनका एउटा ठग फोरमको एकजना मेयर रंगेहात घुस लिइरहेको अवस्थामा समातियो । तर गठबन्धनले भ्रस्टाचारीलाई नछोडे आन्दोलन गर्ने धम्की दिरहेको छ । यस्तो त आचरण छ गठबन्धनको यसबाट के अपेक्षा गर्ने ?’ नेता साहले थपे, ‘गठबन्धन आएदेखि भ्रष्टाचार बढेको छ, अपराध बढेको छ, लुटआतंक बढेको छ । यस ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्छ, देशलाई मुक्त गर्नुपर्छ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रौतहट ईन्चार्ज उपेन्द्र साह, सह-ईन्चार्ज उद्धव रेग्मी, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुको सहभागिता रहेको छ ।
मंसिर २५, काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी