ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं : प्रभु साह

गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।

रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए ।

पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको जीकिर गर्दै गठबन्धनलाई बिदाई गर्नुपर्ने बताए ।

गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उनको आरोप छ ।

लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप छ ।

आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाई गर्नुपर्ने उनको भनाई छ ।

‘तपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ । दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ । सरकार बनाए वापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन् । अदालतले सघाएसम्म ठिक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ ।’ पूर्वमन्त्री साहले भने, ‘जहिलेदेखि गठबन्धन सरकार आएको छ देशमा लोकतान्त्रिक मान्यताको हत्या भएको छ, गठबन्धन नाङ्गै नाच नाचिरहेको छ ।’

‘तपाईहरुले भर्खरै देख्नुभयो गठबन्धनका एउटा ठग फोरमको एकजना मेयर रंगेहात घुस लिइरहेको अवस्थामा समातियो । तर गठबन्धनले भ्रस्टाचारीलाई नछोडे आन्दोलन गर्ने धम्की दिरहेको छ । यस्तो त आचरण छ गठबन्धनको यसबाट के अपेक्षा गर्ने ?’ नेता साहले थपे, ‘गठबन्धन आएदेखि भ्रष्टाचार बढेको छ, अपराध बढेको छ, लुटआतंक बढेको छ । यस ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्छ, देशलाई मुक्त गर्नुपर्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रौतहट ईन्चार्ज उपेन्द्र साह, सह-ईन्चार्ज उद्धव रेग्मी, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित