प्रचण्ड अब सुध्रिँदैनन्, नेकपा माओवादी केन्द्रमा सँगै बस्नुको अर्थ छैन:नारायणकाजी

काठमाडौँ, १९ फागुन । महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएसँगै पार्टी फुटको संघारमा पुगेको माओवादीकै नेताले बताउन थालेका छन् ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् ।

पूर्व एकता केन्द्रका एक नेता भन्छन्, ‘एमसीसी पास भएपछि अव माओवादी क्रान्तिकारी र कम्युनिस्ट पार्टी रहेन, नेतृत्व असक्षम साबित भयो । अध्यक्ष प्रचण्डले दुई दिन अघिसम्म एमसीसी पास गर्न हुन्न भन्नुभयो र दुई दिनपछि आफै पास गर्न लाग्नुभयो, त्यसैले अव यो पार्टीमा बस्नुको कुनै अर्थ छैन भन्ने हाम्रो ठहर रह्यो ।’

ती नेताका अनुसार एमसीसी पास गरेपछि माओवादी वामपन्थी, क्रान्तिकारी र राष्ट्रवादी पनि नरहेको आफूहरूको निष्कर्ष रहेको छ । ‘अव माओवादीमा बस्नुहुन्न भनेर नारायणकाजी श्रेष्ठलाई उनका पक्षधरहरू प्रदेश, जिल्ला, पेशागत संघ संगठनका नेताहरूले चर्को दबाब दिइरहेका छन्’, ती नेताको भनाइ छ, ुबाहिरका वामपन्थी पार्टीहरू विप्लव समूह र मोहन विक्रम नेतृत्वको मसालका नेताहरूले समेत नयाँ ढंगले ध्रुवीकरण थाल्न सुझाव दिएका छन् तर निर्णय भैसकेको छैन ।’

भेलामा सहभागी अधिकांशले अलग पार्टी बनाउनुपर्ने सुझाव दिएको ती नेताको भनाइ छ । ‘फुटको पक्षमा ९० प्रतिशतको आवाज उठ्यो । किनभने प्रचण्डलाई करेक्सन गर्न सकिँदैन र उहाँबाट अव पार्टी बन्दैन भन्ने नै रह्यो’, ती नेताको भनाइ छ । ती नेताका अनुसार पार्टीमा फागुन २० बाट सुरु हुने केन्द्रीय कमिटी बैठक नै बहिस्कार गर्नुपर्ने आवाज समेत उठेको छ । तर केही नेताहरूले उक्त दिन डाकिएको केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभन्दा त्यही बैठकमा घनिभूत छलफल गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

श्रेष्ठ निकट मानिएका नेता गिरिराजमणि पोखरेल घट्नाक्रमहरुले सोच्नुपर्ने अवस्थामा पुर्यारएको बताउँछन् । ‘हाम्रो चाहना पार्टी विभाजन गर्ने होइन, तर अहिले सोच्नुपर्ने अवस्थामा पुर्योयो’, पोखरेलले भने, ‘महाधिवेशनले यथास्थितिमा एमसीसी पास नगर्ने भनेपछि उहाँले भनेको कुरा महाधिवेशनको लाइन हो वा हामीले भनेको महाधिवेशनको लाइन हो भन्ने कुराको फैसला हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा