प्रचण्ड अब सुध्रिँदैनन्, नेकपा माओवादी केन्द्रमा सँगै बस्नुको अर्थ छैन:नारायणकाजी

काठमाडौँ, १९ फागुन । महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएसँगै पार्टी फुटको संघारमा पुगेको माओवादीकै नेताले बताउन थालेका छन् ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् ।

पूर्व एकता केन्द्रका एक नेता भन्छन्, ‘एमसीसी पास भएपछि अव माओवादी क्रान्तिकारी र कम्युनिस्ट पार्टी रहेन, नेतृत्व असक्षम साबित भयो । अध्यक्ष प्रचण्डले दुई दिन अघिसम्म एमसीसी पास गर्न हुन्न भन्नुभयो र दुई दिनपछि आफै पास गर्न लाग्नुभयो, त्यसैले अव यो पार्टीमा बस्नुको कुनै अर्थ छैन भन्ने हाम्रो ठहर रह्यो ।’

ती नेताका अनुसार एमसीसी पास गरेपछि माओवादी वामपन्थी, क्रान्तिकारी र राष्ट्रवादी पनि नरहेको आफूहरूको निष्कर्ष रहेको छ । ‘अव माओवादीमा बस्नुहुन्न भनेर नारायणकाजी श्रेष्ठलाई उनका पक्षधरहरू प्रदेश, जिल्ला, पेशागत संघ संगठनका नेताहरूले चर्को दबाब दिइरहेका छन्’, ती नेताको भनाइ छ, ुबाहिरका वामपन्थी पार्टीहरू विप्लव समूह र मोहन विक्रम नेतृत्वको मसालका नेताहरूले समेत नयाँ ढंगले ध्रुवीकरण थाल्न सुझाव दिएका छन् तर निर्णय भैसकेको छैन ।’

भेलामा सहभागी अधिकांशले अलग पार्टी बनाउनुपर्ने सुझाव दिएको ती नेताको भनाइ छ । ‘फुटको पक्षमा ९० प्रतिशतको आवाज उठ्यो । किनभने प्रचण्डलाई करेक्सन गर्न सकिँदैन र उहाँबाट अव पार्टी बन्दैन भन्ने नै रह्यो’, ती नेताको भनाइ छ । ती नेताका अनुसार पार्टीमा फागुन २० बाट सुरु हुने केन्द्रीय कमिटी बैठक नै बहिस्कार गर्नुपर्ने आवाज समेत उठेको छ । तर केही नेताहरूले उक्त दिन डाकिएको केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभन्दा त्यही बैठकमा घनिभूत छलफल गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

श्रेष्ठ निकट मानिएका नेता गिरिराजमणि पोखरेल घट्नाक्रमहरुले सोच्नुपर्ने अवस्थामा पुर्यारएको बताउँछन् । ‘हाम्रो चाहना पार्टी विभाजन गर्ने होइन, तर अहिले सोच्नुपर्ने अवस्थामा पुर्योयो’, पोखरेलले भने, ‘महाधिवेशनले यथास्थितिमा एमसीसी पास नगर्ने भनेपछि उहाँले भनेको कुरा महाधिवेशनको लाइन हो वा हामीले भनेको महाधिवेशनको लाइन हो भन्ने कुराको फैसला हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन