फाल्गुन १६, २०७८। काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीको मामलामा माओवादीले ‘पिसाब फेरिसकेपछि मात्रै चर्पीको ढोका देखेको’ आरोप लगाएका छन् ।
संसदबाट एमसीसी अनुमोदन भएपछि विगतमा माओवादीले गरेको विरोधलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीले ‘चर्पीको तलसम्म फोहोर पारेको र त्यो सोहोर्न धेरै मेहनत गर्नुपर्ने’ पनि बताएका छन् । चर्पीलाई बिम्ब बनाएर भट्टराईले माओवादीप्रति कटाक्ष गरेका हुन् । उनले भनेका छन्– विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ । पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला !
भट्टराईले माओवादी नेता प्रचण्डतिर व्यंग्य गर्दै आफ्नो पार्टीको नेताकार्यकर्तालाई भ्रममा राख्ने , अमेरिकासङ्ग गोप्य चिट्ठी पठाााउने, चिट्ठीको खुलासा हुँदा पुनः एमसीसी पास नगर्न अमेरिकीलाई चक्मा दिन र राष्ट्रियता बचाउन चिट्ठी लेखेको भन्ने, सडकमा ढुङ्गामुडा गर्न कार्यकर्ता ओरालेर नौटङ्की मच्चाउने घृणित कच्चा खेल खेले अन्तिममा उनको नाङ्गो नाचको धोती खुस्कियो र आम कार्यकर्ता र जनताले असली प्रचण्डको रुप देखे यसको नतिजा त आगामी चुनावमा जनमुल्याङ्कन हुने नै छ। सबैभन्दा बढी प्रचण्डको यो छब्दभेसी रुपको फाइदा एमाले लिने दाबी भट्टराईले गरेका छन ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु