देउवाको रणनीति : ओली देखाउने, दाहाल र नेपाललाई गलाउने

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ ।

प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै तीन दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ । गत दुई दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरिसकेका छन् भने आपूmनिकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि तीनपटकसम्म छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार