एमालेले घोषणा गर्‍यो चुनावी प्रशिक्षण अभियानको सुची

पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहनेछन्।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ। एमालेले तय गरेअनुसार फागुन १–२ मा प्रदेश नं. १ को विराटनगरमा, फागुन ३–४ गते मधेस प्रदेशको जनकपुरमा, ६–७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८–९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ। त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११–१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४–१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६–१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ।

सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि पार्टीले आन्तरिक तयारी र संगठन बलियो बनाउन भेला र प्रशिक्षणको कार्यक्रम आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘समयमा निर्वाचन होस् भन्ने एमालेको माग थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण