५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री यादवविरुद्ध जाहेरी

मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै कांग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका कर्णले दिएको उजुरीमा मन्त्री यादवले गौर काण्ड दोहोरिने अभिव्यक्ति दिएकोबाट हिंसालाई प्रश्रय पुगेको दाबी गरिएको छ । जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसुर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम साजयको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४ को असुर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना हुने दफा ५ (ग) मा उल्लेख छ ।

सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेका कारण हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले जानकारी दिएका छन् । कर्णले आजै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न मागसमेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र