सुईमार्फत् वयस्क बनाएर देहव्यापार

काठमाडौँ, पुस २२ गते । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु-याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो । नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताउनुभयो । उहाँले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु-याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु-याएको बताउनुभयो । बेहोसमा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पु-याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई बताउनुभयो । खाजा खाएपछि आफू बेहोस भएको र होस खुल्दा भारतको कोठीमा पु-याइएको टिनाले बताएको प्रहरीले जनाएको छ ।
कोठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष जबर्जस्ती यौन व्यापारमा लगाएको उजुरी टिनाले प्रहरीमा दिनुभएको छ । आफ्ना यौनाङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइदिएको उजुरीमा बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उहाँहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आउनुभएको थियो । घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्नुहुन्थ्यो । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्नुहुन्थ्यो । सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो ।

फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो पत्याएर उनीहरू फूलमायासँग नजिक हुनथाले । यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बेहोस पार्ने औषधि मिसाएर दिइएको थियो । बेहोस दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पु-याइए र बेचिए ।

ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पु¥याइ पुनः पटक पटक बेचिएको जानकारी दिनुभयो । २०७४ साउनमा भारत पु-याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल हुनुभएको हो । भारतीय प्रहरी, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा टिनालाई गत असोज २३ गते नेपाल ल्याइएको हो । उहाँ परिवारको संरक्षणमा हुनुहुन्छ । ब्युरोले बेचबिखनमा संलग्न फूलमायाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि